नाट्टाले भब्य समारोहका साथ मनायो अन्तराष्ट्रिय सगरमाथा पर्यटन दिवस

२०७६ जेष्ठ १६, बिहीबार ०३:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हिमालीक्षेत्रमा काम गर्ने बिभिन्न दश मुलुकका संघसंस्थाका १ सय ५० भन्दा बढी प्रतीनिधिहरुको सहभागितामा नेपाल एशोशीयसन अफ टुर्स एण्ड टा«भल्स एजेन्ट नाट्टाले अन्तराष्ट्रिय सगरमाथा पर्यटन दिवस मनाएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कार्यक्रमको उद्घाटन गर्दै नेपालको पर्यटन आगमनमा यसत कार्यक्रमले ठुलो भुमीका खेल्ने बताउनुभयो । सगरमाथा पर्यटन अन्तराष्ट्रिय फोरम मार्फत नेपाल मार्फत नेपालको पर्यटन प्रबद्र्धन गर्ने र भिजिट नेपाल २०२० लाई सफल बनाउन कार्यक्रमले सहयोग पुग्ने नाट्टाका अध्यक्ष सिएन पाण्डेले बताउनुभयो ।

पहिलो पटक हिमालय पर्यटन सहकार्य सम्बन्धी अन्तराष्ट्रिय सम्मट्टेलन होटल याकएन्डयतिमा मे २९ मा नेपाल पर्यटन बोर्डको सहयोगमा नाट्टाले आयोजना गरेको हो । सम्मेलनमा नेपालका बिभिन्न हिमालका १ सय २० भन्दा बढी तस्वीरहरु प्रदर्शनमा राखीएको थियो । र बिभिन्न पर्यटन सम्बन्धी संघसंस्थाहरुले हिमाल सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरे ।

नेपालका पर्यटन क्षेत्रमा कार्यरत प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको कार्यक्रममा बिभिन्न देशका आरोहीहरुलाई सम्मान समेत प्रदान गरीएको थियो भने बिभिन्न देशका संस्कृति झल्कने प्रस्तुतिहरुसमेत रहको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय