कामीरिता शेर्पाले २४ पटक विश्वकै सर्वौच्च शिखर सगरमाथा आरोहण गरेरकिर्तिमानी रेकर्ड राखे ।
उनले रेकर्ड राख्नकै लागि भने सगरमाथा आरोहण गरेका हैन । काम गर्दै जा“दा २४ पटक सगरमाथा पुगे र अब आउने बर्ष सगरमाथा चढेर २५ बर्ष पुगेपछि उनले सन्यास लिंदेैछन ।
आफ्नो जिवनको ऐतीहासीक पुस्तक र डकुमेन्ट्री निर्माण समेत गरीरहेका किर्तिमानी आरोही कामीरीताले सगरमाथा लगाएत अन्य लोह्त्से केटु लगाएतका हिमालहरु पनि आरोहण गरीसकेका छन् ।
१२ बर्षका उमेर देखि भरियाको रुपमा हिमाल आरोहणको यात्रा शुरु गरेका कामीरिता सरकारप्रति असंतुष्ट छन् । सरकारले शेर्पा र हिमालप्रति वेवास्ता गरेको उनको गुनासो छ ।

सोलुखुम्बुको थामेमा जन्मीएका कामीरीताको बुबा र दाई पनि यहि पेशामा रहेका छन् ।
निकै दुखका साथ आरोहण क्षेत्रमा तिन दशक बिताएका शेर्पा हाल सेभेनसमिट टेक्स प्रालीमा सिनियर क्याप्टेन गाईडको रुपमा कार्यरत छन् । उनै किर्तिमानी आरोही कामीरिता शेर्पासंग गरीएको यो भिडियो कुराकानी ।


