निर्मलाको ‘भजाइनल स्वाब’ सँग आमाको डीएनए मिल्यो

२०७५ माघ १४, सोमबार १२:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको छ ।

पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् ।

उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको नमुना समेत दिएकी थिइन् । निर्मलाकी आमा दुर्गा देवीले रगत परिक्षणको लागि दिंदा आफ्न्रै पतिबाट कुटपीट हुनुपरेको थियो ,

लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । तर, मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय