गगन थापालाई १४ करोड घुस लिएको दुर्गा प्रसाईको आरोप

२०७५ असार १८, सोमबार १८:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

डाक्टर गोबिन्द केसीलाई विवेकशील साझा पार्टीले प्रयोजन गरेको बिएण्ड सी मेडीकल कलेज झापाका संञ्चालक दुर्गा प्रसाईले आरोप लगाएका छन् ।

पटकपटक डक्टर केसीको अनसन बिरुद्ध खुलेरै बोलीरहेका मेडीकल कलेजका संञ्चालक प्रसाईले डक्टर गोबिन्द केसी को हुन र उनले भनेको कुरामा सम्झौता गर्ने भन्दै आक्रोशित भए आईतबार गरीएको प्रेसमिटमा ।

अब डक्टर केसी १५ पटक नभै ४० औ पटक अनसन बस्ने दिन आउने पनि उनले बताए ।

यता कांग्रेस सांसद गगन थापालाई समेत स्वास्थ्यमन्त्री हुदा बीपीको भीसी नियुक्त गर्दा १४ करोड लिएको आरोप लगाए ,प्रमाणको सन्दर्भमा घुसको लेनदेन हुन्छ प्रमाण हुदैन भन्दै दुर्गा प्रसाईले गगन थापाले आफुलाई माफिया भनेर संसदमा बोलेको प्रति आक्रोश पोखे ।

प्रसाईले भने मेरो घरमा प्रचण्ड र केपीलाई दालभात खुवाएर पार्टी एकीकरणको लागि सहयोग गर्दा म कसरी दलाल र माफिया भए“ ? देश जोड्ने काम गर्दा के गलत गरे ? मैले नबोलेर हेपेको ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय