आफ्नै सांसदहरुले सदनमा बिरोध गर्नु उचित भएन – प्रचण्ड ,सांसदहरुलाई निर्देशन

२०७५ असार २, शनिबार १७:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रधानमन्त्री के.पि शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यसको मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ठ पार्टी नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउनुभयो ।

ओलीले बजेटप्रति असन्तुष्टि भएमा संसद नभई पार्टीमा राख्न आग्रह समेत गर्नुभयो ।

सरकारका काम र बजेटका असन्तुष्टि राख्न पार्टीका सांसदले नेतृत्वलाई भन्नु उपयुक्त हुने बताउनुभयो ।

बैठकमा नेकपाका अध्यक्ष पुष्प कमल दाहालले बहुमत प्राप्त सरकारले ल्याएको बजेटमा आफ्नै सांसदहरुले सदनमा बिरोध गर्नु उचित नभएको भन्दै पाटीभित्र सुझाव दिन आग्रह गर्नुभएको थियो ।

प्रतिनिधिसभाका बैठकमा बजेटमाथिको छलफलका क्रममा कतिपय सत्तारुढ दलकै सांसदले बजेटको आलोचना गरेपछि नेकपाले संसदीय दलको बैठक बोलाई बजेटका बिषयमा पार्टीभित्रै फरक मत राख्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय