धुमधामका साथ ईद मनाईयो सार्वजनिक बिदा कटौतीको बिरोध

२०७५ असार २, शनिबार १७:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) सकिएको छ ।

नेपालका विभिन्न स्थानमा बसोवास गर्ने मुस्लिम धर्मालम्बीले इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् ।

गत जेठ ३ गतेदेखि सुरु भएको मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) भएको शनिबार सम्पन्न भएको हो । एक महिनासम्मको रोजा सकिएको अर्थात् अन्तिमा दिन ईद पर्व धूमधामका साथ मनाउने गर्दछन् ।

काठमाडौंमा रहेको मस्जिदमा मुसालमान समुदायका मानिसहरुले बिहानैदेखि विशेष नमाज पढ्न मस्जिद र खुला स्थानमा भीड लागेको थियो । अरबी पात्रो हिजरी संवत् अनुसार दशौ“ महिनाको पहिलो दिन शनिबार इद उल फित्र पर्व मनाइने गरिन्छ ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहा“ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन रहेको छ । यस पर्वमा खुशीपूर्वक गरीबलाई दान गरिने भएकाले इद उल फित्र भनिएको हो ।

पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्म ग्रन्थ ‘कुरान’मा उल्लेख गरिएको छ ।

यसरी दान गरिएको नगद वा जिन्सी गरीबलाई बा“डिन्छ । जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहु“ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ ।

पाल्पामा बसोवास गर्ने मुस्लिम धर्मालम्बीहरुले धुमधाम संग ईद उल फित्र पर्व मनाएका छन ।

पाल्पाका मुस्लिम समुदायले विगतका बर्षहरुमा मुस्लिम पर्वहरुमा सार्वजनिक बिदा दिदै आएकोमा यस बर्ष सरकारले विदा कटाएकोमा आपत्ति जनाएका छन । ईदको दिन सार्वजनिक विदा भए पनि अर्काे दिन सार्वजनिक बिदा गर्न पाल्पाका मुस्लिमहरुले माग गरेका छन् ।

इस्लाम धर्मको मुख्य पा“च स्तम्भमा हज, जकात, नमाज, कुरबानी र रमजान पर्छ ।

नेपालगन्जमा ईदको नमाज स्थानीय बीपीचोकस्थित इदगाहमा बिहान गरिएको थियो ।

यसैबीच सामुहिक नमाज पढ्नुअघि ईस्लाम धर्मावलम्बीहरुले सोहि स्थानमा आप्mनो पर्वमा सरकारले बिदा नदिएको भन्दै बिरोध प्रदर्शन समेत गरेका थिए ।
मुस्लिम बाहुल्याता रहको कपिलवस्तुमा इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरी इद मनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय