नेपाल चौथो पटक साग च्याम्पियन

२०७६ मंसिर २४, मंगलवार १४:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पुरुष फुटबलमा भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । भूकम्पपछि पुनर्निर्माण गरिएको दशरथ रंगशालामा नेपालले मंगलबार नतिजा पक्षमा ल्याउन सफल भएको हो ।

नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १/१ गोलको योगदान गरे ।खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यसपछिभुटानका कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । फेरि नेपालका तर्फबाट ५३औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो ।

जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय