विश्व बास्केटबल लेजेण्ड कोब ब्रायन्टको हेलिकप्टर दुर्घटनामा मृत्यु

२०७६ माघ १३, सोमबार ०२:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विश्व बास्केटबल लेजेण्ड कोब ब्रायन्ट, उनकी छोरी जियानासहित ९ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

ब्रायन्ट सवार निजी हेलिकप्टर क्यालिफोर्निया राज्यको कालाबासासमाथि दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो ।

ब्रायन्ट सवार हेलिकप्टर आगलागी भएपछि दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

लस एन्जलस प्रहरीका अनुसार हेलिकप्टरमा रहेका सबै ९ यात्रुको मृत्यु भएको छ । ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी जियनाको मृत्यु भएको खुले पनि अन्यको नाम सार्वजनिक गरिएको छैन ।

४१ वर्षीय ब्रायन्टले पाँच पटक एनबीएको उपाधि जितेका थिए । उनलाई यस खेलकै लेजेण्डमध्ये एक मानिन्छ ।

व्यावसायिक बास्केटबल करिअरमा २० वर्ष एलए लेकर्समै बिताएका ब्रायन्टले सन् २०१६ मा सन्यास लिएका थिए । उनी ३४ वर्षको उमेरमा ३० हजार करिअर पोइन्ट पुग्ने सबैभन्दा कान्छा खेलाडी थिए ।

उनले सन् २००६ मा टोरोन्टो र्‍याप्टर्सविरुद्ध एक्लै ८१ अंक स्कोर गरेका थिए । जुन एकै खेलमा दोस्रो सर्वाधिक स्कोर हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई टेरिबल न्युज भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय