जसको शक्ति उसकै भक्ति मुल्य बृद्धि
सरकारले ३ माहिनमा ५ पटक पेट्रोलीयम पदार्थको मुल्य बृद्धि ग¥यो । यतिमात्रै होईन दैनिक उपभोग्य वस्तुको मुल्यमा भारी बृद्धि गरियो ।
सरकारले गरेको मुल्य बृद्धिको चर्चा सडक देखी सदन सम्म चल्न थालेको छ । सांसदहरुले सदनमा सरकारको चर्को विरोध गरिएका छन् भने विद्यार्थीहले सडकमा विभिन्न रुपका विरोध गरिरहेका छन् ।
सरकारले पेट्रोलीयमा पर्दाथको पहिलो पटक २०७४ चैत्र १९ मा पेट्रोलमा १०५ मुल्य बृद्धिग¥यो । त्यसको एक माहिन नपुग्दै पुन दोस्रो पटको २०७५ बैशाख ३ मा पेट्रोलको मुल्य वृद्धि गरि १०६ रुपैया बनायो ।
यतिमात्र होईन त्यसको दुई हप्ता बित्न नपाउदै तेस्रो पटक मुल्य बृद्धि गरि बैशाख १९ मा १०८ रुपैया बनायो ।
बृद्धि हुने क्रम आझै रोकिएन पुन चौथो पटक जेठ २ मा पेट्रोलको मुल्य ११० रुपैया कायमा ग¥यो र पुन दुई हप्ता पुग्न नपा“दै पा“चै“ पटक जेठ १८ मा पेट्रोल ११३ रुपैया“ पु¥यायो ।
यसरी सरकारले पटक –पटक गरि ३ महिना भित्र ५ पटक मुल्य बृद्धि गरे पछि अहिले चौतर्फी विरोधका आवाजहरु गुञ्जीन थालिएका छन् ।
सरकारले पेट्रोलीय पर्दाथको मात्र होईन सर्वसाधरणले उपभोग्य बस्तुमा समेत मुल्य बृद्धिको असर खेपिरहनु परेकोे छ ।
बजारमा इन्धनको मुल्य बढेको आधार मान्ने हो भने जेठ १८ गते यता धेरै दैनिक उपभोग्य वस्तुको मुल्यबृद्धि भैसेकको छ ।
सरकारले नत अनुगमन गर्न सक्छ न अन्य क्षेत्रमा भएको मुल्यबृद्धि नियन्त्रण रोक्ने प्रयास नै गरिहरको छ । यहा जसको शक्ति उसकै भक्ति चलिरहेको छ ।
मृल्यबृद्धिको प्रतिनिधिसभा बैठकमा बिरोध
सांसदहरुले खाद्य बस्तु लगायत दैनिक उपभोग्य सामानको बजार मुल्य आकासिएको बारे सरकारको गम्भीर ध्यानाकषण गरेका छन् ।
प्रतिनिधिसभा बैठकको सुन्य समयमा बोल्ने सांसदहरुले इन्धनको मुल्यसंगै बजारमा कृतिम अभाव सिर्जजना गराई दैनिक उपभोग्य सामानको मुल्य बढाउने काम भएकोबारे प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेपाल कम्युनिष्ट पाटीका सांसद अमनलाल मोदीलेले दैनिक खाद्य वस्तुको आकासिएको चर्को मुल्यवृद्धि कम गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउन माग गरे ।
कांग्रेस नेता अमरेश कुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नहुदा सरकारले दैनिक उपभोग्य बस्तुको मुल्य बढाएको आरोप लगाय । सिहले सरकार जनताप्रति उत्तरदायी नदेखिएको बताए ।
सत्तासिन दल नेकपाका सांसद खगराज अधिकारीले बजारमा कृतिम अभाव श्रृजना भएको र सिण्डिकेट कायम रहेको भन्दै तत्काल बजार अनुगमन गर्न सरकारसंग माग गरे ।
सडकमा मुल्य बृद्धि बिरुद्ध आन्दोलन
सडकमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन दवाव दिंदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध अनेरास्ववियू र अखिल क्रान्तिकारीले सडक आन्दोलन गरेका छन ।
सरकारले दैनिक उपभौग्य वस्तु पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्नका लागि सडक आन्दोलन गर्नु परेको अनेरास्ववियूकी अध्यक्ष नविना लामाको भनाइ छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सरकारले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेलो मुल्य समायोजन गर्ने नगरेको भन्दै आक्रोश व्यक्त गरका छन् े ।
प्रतिपक्षी कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले विरोधका विभिन्न कार्यक्रम जारी गरेको छ । उसले देशभरि विरोधको कार्यक्रम गर्दै आएको नेता मनोज वैद्यले बताए ।
सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको,उपभोग्य वस्तु महङ्गीएको र सरकारले आफ्ना कार्यकर्तालाई धरपकड गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी), नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र नेपाल कम्युनिष्ट पार्टी (ऋषिराम कट्टेल) लगायतले संयुक्त रुपमा बिरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनकारीले ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, बढ्दो मंहगी नियन्त्रण गर, भ्रष्टचारी र काला बजारीलाई कारबाही गर, राज्य आतंक धरपकड बन्द गर’ जस्ता नारा लगाएका छन् ।
स्थायी सरकारको आडमा दैनिक उपभोग्य वस्तु लगाएत पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गर्दै जाने हो भने सरकारले लिएको विकास, समृद्धि र शुसानको संकल्प पुरा गर्न सक्दैन ।


