इन्धन मूल्यवृद्धि विरोधमा गोंगबु चोकमा प्रधानमन्त्रीको पुत्ला दहन

२०७५ जेष्ठ २९, मंगलवार १३:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको छ । तर, सरकारले नसुनेपछि सोमबार प्रधानमन्त्रीको पुत्ला जलाइएको केन्द्रीय सदस्य सुशील भट्टले बताए ।

गोंगबु चोकमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर पुत्ला तथा झण्डा खोसाखोससमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय