सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
मह र मौरीका घार बेचेर ११ वर्षमै कमाएको पैसाले घर खर्च गरेर अहिले बेगनास तालचोकमा करिब रु एक करोड पर्ने घर घडेरी जोडेको लामिछाने बताउछन ।
दाजु टंक लामिछानेले मौरीको मह काडी खाँदै गरेको देख्दा मह खाने तथा मौरीपालन व्यवसायमा लाग्ने प्रेरणा जागेको उहाँको भनाइ छ । दाजुबाट दुई गोला मौरी किनेर उनले मौरीपालन थालेका हुन ।
उत्पादनभन्दा बजारको माग बढी भएकाले बिक्री गर्न समस्या छैन ।
लामिछानेले पोखरा, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा, काठमाडौँसम्म मह बिक्रीका लागि पठाउने गरेका छन् ।
एक वर्षमा रु ३० लाखदेखि रु ३५ लाखको कारोबार हुन्छ ।
अध्ययन अवलोकन गर्नका लागि लामिछाने अमेरिका, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, भियतनाम, चीन र भारत पुगिसक्नुभएको छ ।
लामिछानेले आफ्नो अनुहारमा मौरीको गोला राखेर आनन्द लिने पनि गरेका छन् यसले उनलाई मौरीसंग अझ निकट बनेको समेत बताउछन्


