आइपिएल र फुटबलमा २ करोड ७७ लाखको सट्टेबाजीमा ६ जना पक्राउ

२०७५ जेष्ठ १५, मंगलवार ०८:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारतमा भर्खरै सकिएको आइपिएल क्रिकेटमा एकातिर दर्शकहरु खेलको रमाइलोमा लागिरहेका हुन्थे भने अनलाइन सट्टेबाजहरु निश्चित टिमको जित र हारमा करोडौँ रुपैयाँको बाजी लगाइरहेका हुन्थे।

काठमाडौँको ठमेल, लाजिम्पाट, दरबारमार्ग, ललितपुर र भक्तपुरमा समेत विभिन्न इलाकाहरुमा यसरी विभिन्न व्यक्तिलाई लोभ देखाएर ठगी भइरहेको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष टोली परिचालन गर्‍यो

टोलीले पक्राउ गरेका ६ जनालाई आज सार्वजनिक गरिएको छ। पक्राउ परेका मध्ये पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी पनि छन्। जो यसअघि फुटबलको म्याच फिक्सिङ काण्डमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए।

प्रहरीका अनुसार सट्टेबाजीमा मुख्य भूमिका २७ वर्षका गौरव तिवारीको छ। उनीहरुले ७ करोड १४ लाखको बाजी खेलाएको प्रहरी बताउँछ।

तिवारी १२ डी हलका सञ्चालकसमेत हुन्। उनले लन्डनको एउटा साइटमा २४ वटा अकाउन्ट खोलेर त्यसैमार्फत् सट्टेबाजी गराएका थिए।

अन्जन केसी भने उनका ललितपुर एजेन्ट थिए। एसएसपी विश्वराज पोखरेलका अनुसार उनले २ करोड ७७ लाखको सट्टेबाजी गराएको भेटिएको छ।

समूहले २५ हजारदेखि १५ लाख रुपैयाँसम्मको बाजी खेलाउने गर्थे। यसका लागि उनीहरुले क्यासमै रकम कारोबार गर्थे। खेल हुनुअघि लगाइएको बाजी अनुसार खेलमा भएको हारजितको हिसाब गरेर हरेक सोमबार रकमको भागवण्डा गरी पुर्यागउने काम दिनेश बोगटीले गर्थे। बोगटी तिवारीका कामदार हुन्।

सट्टेबाजीमा गुन्डा नाइके दावा लामाको समेत संलग्नता देखिएकोले अनुसन्धान भइरहेको एसएसपी पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय