चुनावी पराजयको जिम्मा कस्ले लिने

२०७५ बैशाख १५, शनिबार १४:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कंग्रेस सभापति शेरबहादुर देउवाले चुनावी पराजयको जिम्मा लिन मानेनन ।

शनिबारको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने तयारी थियो ।

बैठकका लागि विहान ९ बजे नै पार्टी कार्यालय सानेपा पुगेका नेताहरु दिनभर कुरेर साँझ ७ बजेतिर फर्किएका छन् । दिनभर केही नेता सहमतिको प्रयासका लागि भन्दै छलफलमा जुटेका थिए  ।

 

महामन्त्रीको प्रतिवेदन बनाउन शेरबहादुर देउवा र रामचन्द्र पौडेलका नेताहरुले सहयोग गरेका थिए । तर, चुनावी हारको जिम्मा कसले लिने भन्नेमा देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति हुन सकेन ।

‘चुनावी हारको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्छ । अरुले पनि आफ्नो पदीय जिम्मेवारी अनुसार लिन्छन् भन्यौं । तर, सभापतिले मान्नु भएन’ छलफलमा सहभागी पौडेल समूहका एक नेताले भने ।

एमाले र माओवादी मिलेका कारण मात्र कांग्रेसले चुनाव हारेको देउवा पक्षको तर्क छ ।

भोलि पार्टी सभापति शेरबहादुर देउवाले बोल्ने र त्यस आधारमा प्रस्तावलाई अन्तिम रुप दिने प्रयास भइरहेको छ । पौडेलसहितका शीर्ष नेताहरुले नोट अफ डिसेन्ट लेख्ने अवस्था अाउने नदिने देउवा पक्षको रणनीति छ ।

देउवा र पौडेल समूहबीच महासमिति बैठकको मितिबारेनि सहमति जुटेको छैन । देउवा समूहले साउन अन्तिम वा भदौंमा गर्ने प्रस्ताव राखेका छन् तर, अरुले जेठ अन्तिममा गर्न माग गरेका छन् ।

बैठक आइतबार विहान ११ बजे बस्नेछ । त्यसअघि सहमतिको प्रयास जारी रहने नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय