नर्सरी ब्यवसायको विकास र बिस्तार, स्वच्छ वातावरण सहित आय रोजगार, भन्ने नारालाई सार्थक बनाउदै नर्सरी ब्यवसायीसंघ नेपालले आइतबार बिहान बृक्षा रोपण तथा नर्सरी वाटिका सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । ३ बर्ष अघि सुंघले गोकर्ण स्थित शहिद पार्क जगडोलमा स्थापना गरेको नर्सरी बाटीकामा बृक्षा रोपण साथै वाटिका सरसफाई कार्यक्रम गरेको हो ।

स्वच्छ वातावरण बनाउने उदेश्यले बिगत ३ बर्ष देखि संघले नर्सरी वाटिका बनाएको र सोही स्थानमा बोटबिरुवको अवलोकन गर्दै नयां बिरुवाहरु रोपेको नर्सरी ब्यवसायीसंघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सेनाले जानकारी दिए । अध्यक्ष तिमिल्सेनाका अनुसार गोकर्ण स्थित शहिद पार्क जगडोलमा संघले बनाएको नर्सरी वाटीकामा आईतबार १ सय भन्दा बढी २० प्रजातिका बिरुवाहरु रोपीएको छ ।

गोकर्ण स्थित शहिद पार्क जगडोलका अध्यक्ष सुदर्शन सिग्देलले नर्सरी ब्यवसायले शहिदपार्कसंग सहकार्य गरी बृक्षा रोपण तथा वाटिका सरसफाईलाई निरतरता दिएकोमा खुशी ब्यक्त गरे । संघका कोषाध्यक्ष बिराज खड्काले हरित बातावरणलाई कायम राख्न र बिरुवाहरुको संरक्षण गर्ने उदेश्यले बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

संघका सदस्य प्रकाश बस्नेतले संघको उदेश्यनै वातावरण र बिरुवाहरुको संरक्षण गर्ने भएकाले यस्ता गतिबिधिहरुलाई निरन्तरता दिने बताए । संघका बरिष्ठ सल्लाहाकार रामजी कुवरले जगडोलमा आनन्द र हरियाली वाताबरणको आनन्द लिन आउनेहरुको लागि संघले जडीबुटी युक्त बिरुवाहरु रोपेको बताए ।

नर्सरी ब्यवसायीहरुले आफ्नो नर्सरीमा उत्पादन गरेका प्राकृतिक तथा जडीबुटीयुक्त बिरुवाहरु रोप्दा वातावरण स्वच्छ हुने भन्दै यस्ता कार्यक्रमहरु निरन्तर संघले गर्ने बताए । नर्सरी ब्यवसायीसंघ नेपालले स्वच्छ र हरित वातावरणको लागि बिभिन्न समयमा सेवामुलक कार्यक्रमहरु गर्दैआइरहेको छ ।
भिडियो:


