बालेनले राजा ल्याउँछ भनेर भोट दिएका छन्-राजेन्द्र लिङदेन

२०८३ असार ७, आईतवार ११:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुको भोट पनि रास्वपाले पाएको बताएका छन् । रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले बालेनले राजा ल्याउँछ भन्ने आशा जनतामा रहेको बताए ।लिङदेनले भने ,‘राजा चाहिन्छ भन्नेहरुको भोट पनि तपाईंहरुलाई छ ।

राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै बालेनले राजा ल्याउँछ भनेर तपाईंहरुलाई भोट दिएका छन् । तपाईँहरुको विशिष्ट जिम्मेवारी छ । जनताको यो विशिष्ट चाहनालाई सम्वोधन गर्नुपर्ने छ ।’

लिङदेनले समस्या नेतामा मात्र नभएर संविधान र संवैधानिक व्यवस्थामा पनि रहेको बताए । उनले थपे, ‘यो संविधानमा सुधार नगरिकन देश अगाडि बढ्दैन । तपाईंहरुसित एैतिहासिक अवसर छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय