केम्सनमा अध्यक्ष शैलेश कंडेलको नेतृत्वमा नयां कार्यसमिति

२०८३ बैशाख २७, आईतवार ०५:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) मा शैलेश कंडेल क्षेत्री सर्वसम्मत अध्यक्ष बन्दै संघको नयाँ नेतृत्व चयन भएको छ। संघको आगामी कार्यकालका लागि शैलेश कँडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । शनिबार ललितपुर कुपण्डोल स्थित हिमालय होटलमा एक कार्यक्रम गरी रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले २० औं बार्षिक साधारणसभाबाट नयां नेतृत्व चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा बिनोद मानान्धार र द्वतिय उपाध्यक्षमा समीर मरहठ्ठा,महासचिवमा दीपक शर्मा, कोषाध्यक्षमा निर्मल रेग्मी, सचीवमा विजय खनाल सर्वसम्मत चयन भएका हुन। यस्तै कार्यसमिति सदस्यहरु बिनय राज सिग्देल, गणेश सापकोटा, खडानन्द पाण्डे र बिजय महर्जन चयन भएका हुन। यस अघि भक्त बहादुर हमालको नेतृत्व रहेको थियो ।

केम्सनले नेपालमा रसायन तथा मेडिकल सामग्री आपूर्तिसँग सम्बन्धित व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक समन्वय तथा नीतिगत पहलमा सक्रिय भूमिका खेल्दै आएको छ। केम्सनले सरकारी बाहेक बार्षिक २० अर्ब बढीको मेडीकल उपकरणहरुको कारोबार गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय