जेरो कस्टमा ८ सय नेपाली कामदार मलेसिया जाँदै

२०८२ माघ ८, बुधबार १४:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट


विस्ट्रोन टेक्नोलोजी मलेसिया एसडिएन. बिएचडीले शुन्य लागतमा ८ सय नेपाली कामदार मलेसिया लैजाने तयारी गरेको छ । आकर्षण इन्टरनेशनल प्राइभेट लिमिटेड र लाल धनुष इन्टरनेशनल सर्भिसेज प्राइभेट लिमिटेडसग सहकार्य गरी ८ सय जना नेपाली कामदारलाई शून्य लागतमा मलेसिया लैजाने तयारी गरेको बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
आकर्षण इन्टरनेशनल प्राइभेट लिमिटेड र लाल धनुष इन्टरनेशनल सर्भिसेज प्राइभेट लिमिटेडले बुधबार मर्क्युर होटलमा पत्रकार सम्मेलन गरी ६ सय महिला र २ सय पुरुष गरी ८ सयजना नेपाली कामदार निशुल्क मलेसिया लैजाने जानकारी गराएको हो ।
कार्यक्रममा आकर्षण ईन्टरनेशनल प्राइभेट लिमिटेडका अध्यक्ष बिष्णु केसीले नेपाली कामदारको अवस्थालाई ध्यानमा राखेर निशुल्क वैदेशिक रोजागारमा पठाउनाले नेपाली कामदारलाई आर्थिक भार पनि नपर्ने र शून्य लागतमा रेमिट्यान्स भित्रदा देशलाई आर्थिक रुपमा फाइदा हुने बताए ।
तेस्तै विस्ट्रन टेक्नोलोजी मलिसिया एस्डीएन . बिएच्डी . का सचालक सर केन्नीले नेपाली कामदारहरु इमान्दार भएकोमा प्रशंसा गर्दै, आफ्नो कम्पनीले अवलम्बन गरेको शून्य लागत तथा नैतिक भर्ती प्रणालीले नेपालमा वैदेशिक रोजगारको परम्परागत अभ्यासलाई सकारात्मक रुपमा रुपान्तरण गर्दै नितिगत ,सामाजिक ,आर्थिक र सस्थागत तहमा नेपाल सरकारलाई सहयोग पुगेको बताए । उनले सन २०२२ मा नै आकर्षण इन्टरनेशनल प्रा . ली .र लालधनुष इनटरनेशनल सर्भिसेज प्रा. ली.मार्फत २५० जना नेपाली कामदार शून्य लागतमा लगेको सम्झना गर्दै फेरि यो बर्ष ८ सय जना नेपाली कामदार लैजान लागेको बताए ।


शून्य लागतमा जाने नेपाली कामदारले छनौट भएपछि कुनैपनी शुल्क तिर्नु पर्दैन , येदि पासपोर्ट बनेको छैन भने पास्पोर्ट बनाउन लाग्ने रकम समेत कम्पनीले उपलब्ध गराइदिन्छ ।
कार्यक्रममा विस्ट्रन टेक्नोलोजी मलेसियाको तर्फबाट सर केन्नी ,सर एडिसन ,दातोली ,मिस च्यु,मिस्टरडी सहभागी थिए भने , लालधनुष इन्टर्नेशनल सर्भिसेजको तर्फबाट निमा शेर्पाले शून्य लागतमा नेपालीहरु बैदेशिक रोजगारमा जादा आर्थिक स्तर माथी उठ्ने भनाई राखीकी थिइन ।
विस्ट्रोन टेक्नोलोजी मलेसिया एसडिएन . बिएचडीले सन २०२२ मा नेपालमै पहिलोपटक वैदेशिक रोजगारीमा शुन्य लागत र न्यायोचित भर्ती प्रणालीमार्फत नेपाली कामदारलाई बैदेशिक रोजगारीमा लैजाने पहल गरि नेपालको बैदेशीक रोजगारीको क्षेत्रमा नया आयाम स्थापीत गरेको थियो र अहिले फेरि निरन्तरता दिएको छ । जसको सबैतिर प्रशंसा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय