एनएमए निर्वाचनको लागि फुर गेल्जे शेर्पाको प्यानल सार्वजनिक

२०८२ श्रावण ३२, शनिबार ०५:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल पर्वतारोहण संघ ९एनएमए० को केन्द्रीय कार्यसमिति निर्वाचन(२०२५ का लागि अध्यक्ष पदका उम्मेदवार फुर गेल्जे शेर्पा नेतृत्वले आफ्नो प्यानल सहित उम्मेदवारहरुको परिचय गराएको छ । शुक्रबार शंकर होटलमा एक कार्यक्रम गरी अध्यक्षका लागि उम्मेदवार फुर गेल्जे शेर्पाले एनएमए राजनीति गर्ने र भागबन्डाको थलो नभएको बताउदै समग्र पर्यटन क्षेत्रको बिकास गर्ने बताए ।

फुर्वा समूहमा अध्यक्षमा फुर गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा स्पीडकाजी, द्वितीय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा कन्दन थापा र कोषाध्यक्षमा ङीमा नुर्बु शेर्पा छन्। सदस्यतर्फ माधवकुमार धमला, केदार न्यौपाने, युप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र इंगोल, डोल्मा लामा र निशा भोटे प्रतिस्पर्धामा छन्।

विश्व कीर्तिमानी आरोही, पर्वतारोहण व्यवसायी र पर्यटन विज्ञहरूलाई समेटेर बनेको समूहले संघलाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको हिमालयन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको कार्यक्रममा बताइएको छ । फुर गेल्जे शेर्पा समुहले आफुहरु स्वतन्त्र रुपमा निर्वाचनमा होमीएको भनेपनि मओवादी र अन्य पार्टीको संगठनात्मक समर्थनमा चुनावी प्रतिस्पर्धामा छ यता लोकतान्त्रीक राष्टिय पर्यटन ब्यवसायी संगठनबाट कुलबहादुर गुरुङले नेपाल राष्टिय पर्यटन ब्यवसायीको समर्थनमा प्यानल सहित उम्मेदवार घोषणा गरेका छन । दुई प्यानलबीच प्रतिस्पर्धा हुदैछ । नेपाल पर्वतारोहण संघको चुनाव अगामी भदौ ७ गते हुदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय