दशैंमा तडकभडक नगरौं -नारा अध्यक्ष शिव अधिकारी

२०८१ आश्विन २४, बिहीबार ०८:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल एसोसीयसन अफ् राफ्टीङ एजेन्सीज नारा का अध्यक्ष शिव अधिकारीको दशैं अनुभव

दशैं भनेको बर्षभरीको काम बिर्सेर दुख सुख साटेर इष्ट मित्र परिवार छिमेकी सबै साथमा रहेर मनाउने पर्व हो । मलाई भने दशैं भन्ने बित्तिकै नयां लुगा चंगा पिको नै याद आउछ दंशै सानोमै रमाइलो हुने रैछ । मैले १७ बर्ष देखि काठमांडौमानै दशैं मनाउदै आएको छु, पर्यटन ब्यवसायमा लागेको झन्डै २० बर्ष बढी भैसक्यो यो समयमा सिजन पर्ने भएकाले गेष्ट म्यानेजमेन्ट गर्नुपर्ने ,फ्लाइटको समस्या धेरै कुराहरु मिलाउनु पर्ने भएकाले पछिल्लो समय दशैं काममानै बित्ने गर्दछ ।

दशैं पहिला र दशैं धेरै फरक भएको छ , पहिला गाउमा धेरै मानिस हुन्थे काम गर्न शहरमा आएका मानिसहरु गाउ जान्थे तर अहिले शहर केन्द्रित भएको छ , गाउबाट शहर आएपछि गाउ फर्कने अवस्था छैन गाउ खालि भएको छ ,धेरैल शहरमानै दशैं मनाउछन् , मानिसहरुमा पहिलेको तुलनामा अहिले अलि सम्पनता आएको छ । पछिल्लो समय दशैंमा हामीले आफ्नो संस्कृति परम्परा भुल्दै गएका छौं । डिजिटलमा रमाइरहेका छौं ,मानिसहरुलाई हरेक दिन जस्तै दशैं भएको छ । तर यो बर्ष त्यस्तो उत्साहित भएर दशैं मनाउने परिस्थिति छैन , नसोचेको प्राकृति बिपत्ती , बाढी पहिरोले त्यत्रो जनधनको क्षति भयो , सकेसम्म पीडीतलाई राहात दिन लागौं भन्ने लाग्छ । सबैलाई म त यो अनुरोध गर्दछु हामी सबै समाजको प्राणी भएकाले राज्यलाई घचघच्याउने आफुले दशैं खर्च कटाएर बाढी पीडीतलाई सहयोग गर्न पनि अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय