आरोही दावा याङ्जुम शेर्पा ८ हजार मिटरभन्दा माथिका सबै १४ चुचुराहरू सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । ३३ वर्षीया महिला आरोहीशेर्पाले बुधबार बिहान तिब्बतको शिशापाङ्मा हिमालको सफल आरोहण गरेसंगै नेपालमा ८ हजार मिटर माथिको हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी हुन । र दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा जन्मिएकी दावा याङ्जुमले लाङडुङ हिमालको पहिलो आरोहण समेत गरेकी हुन ।
वुमन फर चेन्ज एक्सपेडिसन अन्तर्गत २०१४ मा पहिलो पटक माउन्ट के २, ९८,६११ मिटर० आरोहण गर्ने तीन नेपाली महिलामध्ये उनी एक हुन्।ू पेशेवर गाइडका रूपमा दावा याङ्जुमले सगरमाथा २०१९, २०२२ र २०२३ मा नेसनल जियोग्राफिक वैज्ञानिक अनुसन्धान टोलीको नेतृत्व पनि गरीसकेकी छन् । उनका धेरै किर्तिमानी रेकर्डहरु रहेका छन् । २० घण्टामा मकालुमा स्पीड क्लाइम्बिङ ९महिला० को कीर्तिमानको रेकर्ड पनि उनले राखेकी छिन्। दावा याङ्जुमले कुमार खड्ग विक्रम साहसिक पुरस्कार र तेन्जिङ हिलारी अवार्ड लगायत धेरै अवार्ड प्राप्त गरिसकेका छन्। दावा याङ्जुमले सन् २०१२ मा पहिलो पटक सगरमाथाको आरोहण गरेकी थिइन्।


