पोखरामा पहिलोपटक योगा महोत्सव हुदै

२०८१ आश्विन ७, सोमबार ०७:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरामा आगामी असोज ३० गतेदेखि पहिलोपटक योगा महोत्सव हुने भएको छ । चार दिनसम्म चल्ने महोत्सवले आध्यात्मीक पर्यटनलाई बढावा दिने बताईएको छ । । नेपाल योगा महोत्सवसँगको सहकार्यमा होटल संघ नेपालले सहआयोजक बनेर ४ दिने योगा महोत्सव पोखरामा गर्न लागिएको हो ।महोत्सव पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा हुन हुने आयोजकले बताएको छ । महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योगा विज्ञहरुको जमघट र विभिन्न विधामा योगा कक्षाहरु पनि सञ्चालन गरिनेछन् । हिमालको काखमुति आयोजित उक्त महोत्सवमा सहभागीहरुले भरपूर आनन्द दिने पनि जनाइएको छ ।

महोत्सवमा विस्वस्तरीय प्रस्तुतकर्ताहरुमा गुरु श्री अन्तरयोगी चैतन्य केन्द्र प्रकाश थापा ग्रामी नोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वलरत्न वज्राचार्य जस्ता विशेषज्ञहरुबाट योग ध्यानको कार्यशालाहरु रहनेछन् भने ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुने संघले जनाएको छ ।यस महोत्सवबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटनलाई अझ बढी टेवा पुग्ने हुँदा कार्यक्रमको आयोजना गर्न उत्साहित रहेको पनि होटल संघ नेपालका महासचिव साजन शाक्यले जानकारी गराए ।

कार्यक्रममा सहभागिताका लागि नेपालीलाई दिनको रु ३००० र विदेशीलाई रु ६,५०० बुझाई टिकट प्राप्त गर्न सकिने बताइएको छ । महोत्सव अवधिभरका लागि प्याकेजको पनि व्यवस्था गरिएको छ । यस महोत्सवको ट्राभल पार्टनर यती यरलाइन्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय