टानको अध्यक्षमा सागर पाण्डे बिजयी (मत सहित)

२०८१ भाद्र १८, मंगलवार ०६:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानको अध्यक्ष पदमा सागर पाण्डे बिजयी भएका छन् । प्रतिद्धन्दी राजेन्द्र सापकोटालाई १ सय मतले पछि पार्दै टानको अध्यक्षमा पाण्डे विजयी भएका हुन । पाण्डेले ५ सय ८० मत प्राप्त गरी बिजयी हुदा सापकोटाले ४ सय ८० मत प्राप्त गरे । भदौ १७ गते गैरीधारा स्थित एलीस रिसेप्सनमा भएको ४६ औं साधारण सभाले नयां कार्यसमिति चयन गरेको हो । टानको अन्य पदाधिकारीमा भने दुबै समुहका सदस्यहरु बिजयी भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा ५ सय ५ सय ५८ मत प्राप्त गर्दै कर्मा शेपाल बिजयी बने उनले चोलेन्द्र बहादुर कार्कीलाई पराजित गरेका हुन , कार्कीले ४ सय ८६ मत प्राप्त गरे । प्रथम उपाध्यक्ष्यमा दावा लामालाई २५ मतले पराजीत गर्दै बिष्णु प्रसाद लम्साल बिजयी बने ,लम्सालले ५ सय ३५ मत प्राप्त गर्दा लामाले ५ सय १० मत मात्रै प्राप्त गरे द्वितीय उपाध्यक्षमा ५ सय ४४ मत प्राप्त गरी सनम शेर्पा बिजयी भए भने उनका प्रतिद्धन्दी निशेष थापाले ४ सय ९३ मत मात्र प्राप्त गरी पराजीत भए ।

महासचिवमा सोनाम ग्याल्जेन शेर्पा ५ सय ५० मत प्राप्त गरी बिजयी हुदा राजेन्द्र सुबेदी ४ सय ९४ मत मात्रै प्राप्त गरी पराजित बने । सचिवमा सजना त्रिपाठीलाई हराउंदै ५ सय ९१ मत प्राप्त गरी रिन्जी जाङ्बु शेर्पा बिजयी बने भने त्रिपाठीले ४ सय ४५ मत मात्रै प्राप्त गरी पराजीत बनिन् , कोषाध्यक्षमा गौतमराज वाग्ले ५ सय ८३ मत ल्याएर बिजयी हुदा गणेश प्रसाद न्यौपाने ४ सय ८९ मत ल्याएर पराजीत भए । सह कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा ५ सय ७८ मत ल्याएर बिजयी हुदा डम्बर अधिकारीले ४ सय ४७ मत प्राप्त गरी पराजीत बने ।

महिला सदस्यमा पबित्रा तामाङले ५ सय ८५ मत प्राप्त गरी बिजयी बनीन भने शृष्टि भन्डारीले ४ सय ३० मत प्राप्त गरी पराजीत बनिन । त्यस्तै कार्यसमिति सदस्यमा अम्बिर बहादुर गुरुङ, , बिनोद कुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी ९भोटे० ,विकास गुरुङ, सागर राई ,छाप्ते लामा र राजु गुरुङ बिजयी भएका छन् ।

 

सगार पान्डे र राजेन्द्र सापकोटा को भिडन्त Taan election एकै ठाउँमा समर्थक (youtube.com)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय