आगामी भदौ १७ गते २ सेप्टेम्बरमा हुन लागेको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानको निर्वाचन कार्यतालिका अनुसार विहिवार अध्यक्ष पदको लागि सागर पाण्डे र राजेन्द्र सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । दर्जन बढीले टानको अध्यक्ष पदको लागि आकांक्षा राखेपनि सापकोटा र पाण्डे दुईजनाको उम्मेदवारी परेको छ । यसपटकको टान निर्वाचनमा पाण्डे र सापकोटा बिच दुबैको एजेन्डा उस्तै उस्तै भएपनि अध्यक्ष पदको लागि कडा प्रतिस्पर्धा हुने अनुमान गरीएको छ ।
पाण्डेले एक कार्यकाल टानको महासचिवको कार्यभार सम्हालीसकेका छन् भने सापकोटाले पनि पर्यटन बोर्डमा संञ्चालक समितिको सदस्यको रुपमा काम गरीसकेका छन् । पार्टीगत हिसाबले हेर्ने हो भने सागर पाण्डेलाई माओवादी ,समाजवादी र कांग्रेसले सघाएको देखिन्छ तर स्वतन्त्र अभियानको नारा पाण्डे समुहले लगाएको छ । सापकोटालाई एमाले र कांग्रेसले सघाएको देखिन्छ , यद्यपी राजनीतिक हिसाबको आस्थामा सागर पाण्डे माओवादी र राजेन्द्र सापकोटा नेकपा एमालेका समर्थक हुन ।
दुबै समुहको अन्य पदाधिकारीहरुमा बिभिन्न पार्टीमा आबद्ध मिश्रित उम्मेदवारहरु छन् । १३ सय भन्दा बढी सदस्यहरुले मतदान गर्ने टानको अध्यक्ष पदमा कस्को पल्लाभारी होला अनुमान गर्न गार्हो भएको पर्यटन ब्यवसायीहरु बताउछन् । दुबै समुहको भेटघाट अन्तरक्रिया होटलमा बिभिन्न दैनिक बाक्लो देखिन्छ ।
पाण्डे समुहमा वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्कीको प्रथम उपाध्यक्ष्यमा दावा लामा, द्वितीय उपाध्यक्षमा निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश न्यौपाने र सह. कोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी दर्ता गराएको टान निर्वाचन समितिले जनाएको छ ।त्यस्तै कार्यसमिति सदस्यमा शृष्टी भण्डारी, अम्बिर बहादुर गुरुङ, माधवकुमार धमला, बिनोद कुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, उत्सव ढकाल र फुर्पु छिरिङ ल्होमी (भोटे)को उम्मेदवारी परेको छ ।
सापकोटा समुहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदावरी घोषणा गरेका छन् ।भने कार्यसमिति सदस्यमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्जेन लामा, छेपेट लामा र पवित्रा तामाङले उम्मेदवारी घोषणा गरेका छन् ।


