गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ नेपालको २८ औं स्थापना दिवसको अवसरमा साताब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन ललितपुर जिल्ला को माहालक्ष्मी नगरपालिका ६र ९ मा रहेका सास्कृतिक सम्पदाको अवलोकन गरीएको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको ललीतपुरको सिद्धिपुरमा रहेको सांस्कृतिक घर, मन्दिर, पाटी पौवा, पोखरी ,ईनार ,पराल को सिप सिकाई केन्द्र ,लुभु को चौतारो, सिस्नेरी देखी लाकुरी भन्ज्याङ सम्मको पदयात्रा भिटोफको टिमले गरेको हो ।
गाउँ पर्यटनलाई अन्तराष्ट्रिय स्तरमा प्रबद्र्धन गर्न र प्रचार प्रसार गर्न भिटोफको टिमले माहालक्ष्मी नगरपालिका ६र ९ का वडा अध्यक्षहरुसंग पनि सहकार्य गर्दै अगाडि बढ्ने बताएको छ । भिटोफकी अध्यक्ष सकुन्तला पाण्डेले नेपालको हरेक बस्तीहरुलाई गाउँ पर्यटन प्रबद्र्धन गर्न आवश्यक रहेकौ बताईन र सोही अनुरुप साताब्यापी कार्यक्रमनै राखेको उनको भनाई छ । सगरमाथा आरोही तथा पत्रकार कल्पना महर्जनको नेतृत्वमा भिटोफ नेपालले आफ्नो स्थापनाकालको ५ औं दिन साउन १५ गते वडानम्बर ६ को सिद्धिपुर परिसर र लाकुरी भन्ज्याङ सम्मको पदयात्रा गरेको हो । कार्यक्रममा पर्यटन ब्यवसायी तथा र बिज्ञ भिटोफका पदाधिकारीहरु सहभागि थिए ।
भिटोफले पहिलो दिन साउन ११ गते साताको पहिलो दिन मदन भन्डारी युनिभर्सिटी अफ साइन्स एड टेक्नोलोजी का रिर्सच टोलि सङ आफ्नै कार्यलयमा आधुनिक शिक्षामा गाउँ पर्यटन को भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । दोश्रो दिन १२ गते गाउँ पर्यटनका परिकल्पनाकार डा सुरेन्द्र भक्त प्रधानाङ्ग संग साक्षत्कार गयो भने तेश्रो दिन शंखुवासभा जिल्ला सभापोखरी गाउँपालिका बाट घरबास ब्याबस्थापन सम्बन्धि जानकारी लिनको लागि ब्यानर सहित आएका वडा अध्यक्ष लगायत टिम सङ घरबास ब्याबस्थापन तथा सभापोखरी धार्मिक पर्यटनलाई अघि बढाउने बिषयमा छलफल गर्यो । चौथो दिन पशुपति नाथ मन्दिर परिसरमा उपस्थित श्रद्धालु भक्तजनहरुका लागि शुद्ध पिउने पानी बितरण गरि ५ औं दिन ललितपुरको गाउ भ्रमणमा पुग्यो । भिटोफको स्थापना दिवस साउन १६ अर्थात जुलाई ३१ मा मनाउने गरीन्छ ।फोटोफिचर



