र्याफ्टिङमा महिला गाइड लाखौं आम्दानी

२०८१ असार १९, मंगलवार १०:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

२१ बर्षिय पारु पहारी सिन्धुपाल्चोक कोदारीकी हुन । उनी आजभोलि भोटेकोशीमा र्याफ्टिङ गाइडको रुपमा काम गर्छिन । ८ कक्षा पढेर आर्थिक अभावका कारण पढ्न नसकेकी पारुले दुई बर्ष अघि नेपाल एशोसियसन अफ राफ्टिङ एजेन्सिज नाराले दिएको र्याग्टिङ गाइड सम्बन्धि पन्ध्र दिनको तालिममा सहभागी भएर भोटेकोशीमा र्याफ्टिङ गाइड गर्न थालेकी हुन । हाल उनी आर्थिक पाटोबाट खुशी छिन । शुरूवात का दिनमा परिवारले नगर भनेपनी अहिले धेरै खुशी भएको बताउछिन ।

सोही समयमा तालिम लिएका १९ बर्षीय अनिता कार्की ,१८ बर्षीय बबिता माझी , २१ बर्षीय सम्झना माझी आजभोलि भोटेकोशी खोलामा देशी बिदेशी पर्यटकहरुलाई लिएर सरर हिडिरहेका भेटीन्छन् । सबै जनाको लागि शुरुमा परीवारले यस्तो काम नगरेको भए हुन्थ्यो भनेपनि अहिले धेरै समर्थन गरेको बताउछन् । उनिहरु सबै जना यो एउटा आंट नै हो आंट नभएको भए साहसिक क्षेत्रमा आउन सकिंदैन । यि चार जाना महिला गाइडहरु भोटेकोशी देखि धरानको चतरासम्म लामो दुरी समेत पार गर्छन । पर्यटकहरुले पनि यस्तो सानो उमेरमा त जोखीम काम गर्ने आंट भएको भन्दै प्रशंसा गर्दा खुशी लागेको बताउंछन् । कमाईको हिसबाले पनि महिनामै लाखौं कमाउने गर्छन ।

एक दशक अघि दश जना महिलाहरु र्याफ्टीङ गाइड रहेको तर बिभिन्न कारणले कोही बिदेश गएको कोही परिवारले नदिएको नाराका अध्यक्ष शिव अधिकारीले बताए । दुई बर्ष अघि भोटेकोशीमा ५२ जना महिलाहरुलाई गाइड तालीम प्रदान गरेको थियो ,तर अहिले जम्मा चार जनाले मात्र निरन्तरता दिइरहेका छन । पछिल्लो समयमा एडभेन्चर टुरीज्ममा महिलाहरुको संख्यामा बृद्धि हुदै आएको छ ।
नेपालमा र्यफ्टिङमा महिला गाइडको उपस्तिथि हुन थालेको छ । नदिको छालमा बोटमा पर्यटक लिएर हिड्ने काम सहज हैन जोखिम नै हुन्छ महिला पुरुष दुबैको लागि ।

महिला गाइडसंग गरीएको कुराकानी भिडियो

१९ बर्षे कलिला किशोरीहरु भोटेकोशी नदीमा राफ्टिङ गाइड, बिश्वका पर्यटकहरुलाई घुमाउछन् (youtube.com)

पैसा नभएर पढ्न नपाउदा र्याफ्टिङ गाइड बनेकी पारुको कथा /Rafting/Bhotekoshi /Sukute (youtube.com)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय