सिन्धुपाल्चोक स्थित सागाचोकगढी नगरपालिका र बलेफी गाउँपालिकामा पर्ने सुकुटेमा आन्तरिक तथा बाह्यय पर्यटकहरुको भिड लाग्ने गर्दछ । पछिल्लो समय नेपालीहरुको लागि समेत विकेन्ड सेलीब्रेसन ,ह्याङ आउट गर्ने विशेष स्पट बनेको छ सुकुटे । शुक्रबार शनिबार वा कुनै चाड्पर्वमा सुकुटेमा थामिनसक्नु भिड देखिन्छ ,त्यहाका रिजोर्ट होटलले धान्न सक्दैन । पुर्वाधारहरु अपर्याप्त देखिन्छ । विशेष गरि र्यफ्टिङको मात्र आकर्षक थियो केही बर्ष अघिसम्म ।
बिदेशी पर्यटकहरु मात्रै पुग्ने गर्थे र्याफ्टिङको लागि । जब २०७१ सालमा जुरेको पहिरो गयो त्यस लगत्तै २०७२ सालको महाभुकम्पले ठूलो जनधनको क्षती भयो तब सिन्धुपाल्चोकमा सहयोगको लागि अवलोकनको लागि मानिसहरूको आवतजावत बढ्यो देशी देखि बिदेशिहरुको । तेति बेला सुकुटे सबैको नजरमा पर्यो बस्न र आराम गर्नको लागि ,तेतिबेला सम्म खासै होटल रेस्टुरेन्ट थिएन फाट्टफुट्ट पसलहरु थियो । मानिसहरूको आवतजावत बढ्न थालेपछि छङ्छङ बज्ने खोलाको किनार र जङ्गलको बीचमा बस्ती बस्न थाल्यो र सुक्खा सुकुटे एकाएक टुरिज्म हट्स्पट बन्यो । वि
शेष आकर्षण भनेको सुकुटेमा पर्ने भोटेकोशी नदीको र्याफ्टिङ हो । नेपालमा जल पर्यटनको अथाह सम्भावना छ ससारकै उत्कृष्ट पाच र्याफ्टिङ नदिमा कर्णाली नदी पर्छ भने सातौं मा भोटेकोशी पर्छ । र्याफ्टिङ डेस्टिनेसनले प्रसिद्ध भोटेकोशी सुकुटे जति चर्चामा छ उति अव्यवस्थित छ । सागाचोकगढी नगरपालिका र बलेफी गाउपालीकामा पर्ने ९ किलोमीटर हाइवे भित्र पर्यटकहरूको लागि १८ ओटा रिजोर्ट छन भने अन्य सानातिना होटल पसल छन ,तर पर्यटकले खोजेजस्तो सेवा सुबिधायुक्त रिजोर्ट बन्न सकेको छैन । ढल निकासीको समस्या छ फोहोर ब्यवस्थापनको उस्तै समस्या ।
यो समस्याको समाधानको लागि स्थानीयहरुमा सचेतना र स्थानीय सरकारले ध्यान नदिएको नेपाल एजेन्सीज एसोसिएसन अफ राफ्टिङका महासचिव तथा सुकुटे भ्याली रिजोर्ट सचालक नारायण श्रेष्ठको गुनासो छ । श्रेष्ठ भन्छन आन्तरिक पर्यटकहरूको चाप छ शुक्रबार सनिवार धेरै हुन्छ हामीले सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेका छौ । अर्को ठूलो समस्या भनेको राफ्टिङ गर्ने भोटेकोशी नदिमा दोहन भैरहेको छ राज्यको अस्पस्ट नितिका कारण ।
खोलाको किनारमा डोजर लगाउने , ड्याम बनाउने ,बालुवा गिट्टी निकाल्ने ,हाइड्रोपावरलाई लाइसेन्स दिएका कारण राफ्टिङको लागि सकट पर्दै गैरहेको छ ,जसका कारण पहिलाको तुलनामा अहिले बिदेशी पर्यटकलाई असर गरेको र आउनै छाडेको नाराका अध्यक्ष शिव अधिकारीको भनाइ छ । तर जति समस्या भएपनि सुकुटे आकर्षक रोजाई बनेको छ वृद्ध बृद्दा युवायुवती ,परिवार सबैका लागि । सुकुटे जङ्गलको बीचमा ,खोलाको किनार ,नाइट पार्टीको लागि फुल भोल्युममा म्युजिक डान्स ,सुरक्षा ,लागायतका कारण सुकुटेमा आकर्षण बढेको सुकुटे भ्याली रिजोर्ट सचालक तथा नारा महासचिव नारायण श्रेष्ठको अनुभव छ ।

अर्बौं रकम भित्राउन सकिने र्याफ्टिङ ,कायाकिङ क्यानोनिङ ,बिच क्याम्प जस्ता जल पर्यटन स्रोतलाई राज्यले र सम्बन्धीत निकायले पर्याप्त पुर्वाधार दिन नसके जलपर्यटन खस्किने सम्भावना बढी छ ।


