गाउँ पर्यटन प्रबर्दन मञ्च नेपाल भिटोफले धादीङको सिद्धलेक गाउँपालिका स्थित वडा नम्बर ५को बुङचुङ पुगेर रोपाईं महोत्सव मनाएको छ । “कृर्षि र पर्यटनको बृद्धि गाउँ गाउँमा समृद्धि” भन्ने नारा सहित एक्काइसौं धान दिवस तथा रोपाईं महोत्सव मनाएको हो । हरेक बर्ष नेपालमा असार पन्ध्र गते धान दिवस तथा रोपाई महोत्सव मनाउने गरीन्छ । गाउँ पर्यटन प्रबर्दनको लागि काम गरीरहेको भिटोफ नेपालले धादीङको सिद्धलेक गाउँपालिकासंग समन्वय गरेर यसबर्ष रोपाई महोत्सव मनाएको भिटोफकी अध्यक्ष सकुन्तला देवकोटा पाण्डेले बताईन, उनले भनिन “हामीले यसपटक धादीङमा कृर्षिसंगै पर्यटनलाई जोड्नको लागि गरेको रोपाई महोत्सवले महत्वपुर्ण भुमिका खेल्नेछ ।”
भिटोफका प्रथम उपाध्यक्ष हरिशरण थपलीयाले हामीले सिद्धलेक गाउँपालिकामा पहिलोपटक भब्य रोपाई महोत्सव गर्यौ र अब होमस्टे बनाउनको लागि पहल गर्छौ । सिद्धलेक गाउँपालिका स्थित वडा नम्बर ५को बुङचुङमा पहिलोपटक रोपाई महोत्सव भएकोले स्थानीयहरु पनि उत्साहित देखिएका थिए । भिटोफका द्धितिय उपाध्यक्ष मनहरी दाहालले आफ्नो गाउ पर्यटकीय हब बनाउन जोकोही पनि उत्साहीत हुने हुनाले हामीले स्थानीयस्तरमा नै पुगेर गाउको प्रबद्र्धन गर्ने उदेश्यले यसपटक धादीङमा महोत्सव गरेको बताए । संघका कोषाध्यक्ष तथा पर्यटन ब्यवसायी रघुनाथ पौडेलले गाउघरमा भएको कृर्षि उत्पादनलाई पर्यटनसंग जोडेर हरेका गाउलाई पर्यटकीय नगरी बनाउन संघले भुमिका खेल्ने प्रतिक्रिया दिए ।
काठमांडौबाट धादीङ पुगेको भिटोफको पदाधिकारी तथा पर्यटन ब्यवसायी र धादीङको स्थानीय जनप्रतिनिधिहरु सहभागि रोपाई महोत्सव अगाडि सिद्धलेक गाउँपालिकामा औपचारीक कार्यक्रम गरेर धान रोपाई गरीएको थियो । कार्यक्रममा सिद्धलेका गाउपालिका अध्यक्ष परशुराम खतिवडाले भिटोफले गाउ पर्यटन प्रर्बद्धन गर्न आफ्नै क्षेत्रमा आएकोमा खुशी ब्यक्त गर्दै पर्यटकीय गाउ बनाउनको लागि निरन्तर सहयोग गर्ने बताए । कार्यक्रममा पर्यटन क्षेत्रका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पर्यटन ब्यवसायी तथा राजनीतिज्ञ रमेश धमला ,चन्द्र रिजाल , टानका अध्यक्ष नीलहरी बास्तोला, पर्यटक बिज्ञ प्रेम शर्मा , राजन सिम्खडा, डा रामशरण थपलीया ,भिटेफका पुर्व अध्यक्ष गोपाल थापा , दिपक दाहाल लगायत थुप्रै पर्यटन ब्यवसायीहरुले स्थानीयहरुसंगै हिलो छ्यापाछ्याप गरेर आत्मीयता कायम गर्दै मस्तीले सबैले रमाइलो गरे । फोटो फिचर सहित भीडीयोमा हेर्नुस रोपाईको रमाइलो



