नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टाको नयां नेतृत्वको लागि अध्यक्ष पदमा प्रमोद दाहाल र कुमारमणी थपलीयाको प्रतिस्पर्धा हुदैछ । आगामी जेठ २५ गते हुने नाट्टाको निर्वाचनमा प्रमोद दाहाल र कुमारमणी थपलीयाले आ -आफ्नो प्यानलसहित यतिबेला सदस्यहरुसंग मत मागीरहेका छन् । लामोसमय देखि पर्यटन क्षेत्रमा र नाट्टामा अबाद्ध भएर काम गरीरहेका पर्यटन ब्यवसायी प्रमोद दाहालले ब्यवसायमा भएका बिकृति र बिसंगती हटाउदै पर्यटनको अर्को युगको योजनाका साथ अगाडि बढेको बताए ।
“पर्यटन क्षेत्रमा नया बालेन बनेर उदाउछु पर्यटन क्षेत्रलाई राजनीति गर्नेहरुलाई पाखा लगाउनुपर्छ दाहालले भने देशको समग्र विकासमा पर्यटन क्षेत्रको ठुलो योगदान छ राजनीति गर्ने क्षेत्र हैन ।”
नाट्टाले आफ्ना सदस्यहरुलाई चुनावमा भाग लिन जेठ १८ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकेको थियो भने जेठ २५ गते र्याडीसन होटलमा ५७ औं साधारण सभा र चुनावले नयां कार्यसमिति चयन गर्नेछ । सर्वसम्मतीमै नेतृत्व चयन गर्ने भनेपनि सहमती हुन नसकेपछि दुईवटा टिम चुनावी मैदानमा उत्रिएको हो ।





