७ सय प्रजातीका पुतली पाइने बुढानिलकण्ठ घुम्न किन जाने ?

२०८१ बैशाख ३, सोमबार ११:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमांडौको नजिक फ्रेस हुन हाइकिङ जानेहरुको लागि बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वर मा पर्ने तारेभीर ,शिवपुरी निकुञ्ज ,बागद्धार सबैको रोजाईमा पर्ने गर्दछ । आन्तरिक पर्यटकहरु मात्रै नभै बिदेशी पर्यटकहरुको लागि पनि महत्वपुर्ण पदयात्रा बनेको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको अवलोकन गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । नया बर्षको शुभारम्भसंगै २०८० चैत्र ३० गते कपन अनलाईनका प्रधान सम्पादक पुण्यराज पुडासैनीको संयोजनमा बुस्टीङ बुढानिलकण्ठ नगरपालिकम पत्रकारसंग पदयात्रा कार्यक्रम सम्पन्न भयो । पर्यटन प्रबद्र्धनका लागि गरिएको पदयात्रामा जनप्रतिनिधिहरुसमेत सहभागि भए ।
प्रदेश सभासद जयराम थापा

प्रदेश सभासद जयराम थापा बुस्टीङ बुढाननिलकण्ठ नगरपालिका पद यात्रा पत्रकारसंग अभियानमा सहभागि हुदै एैतिहासीक महत्व रहेको बुढानिलकण्ठ नगरपालिकालाई विकास गर्नका लागि गुरुयोजना बनीरहेको सुनाए । शिवपुरी राष्टिय निकुञ्जमा विश्वभर पाइने ७ सय प्रजातीका पुतलीको अनुसन्धान र अवलोकन गर्न समेत पर्यटकहरुको भीड लाग्ने थापाको भनाई छ । उनले भने हिन्दु तथा बौद्ध धर्ममा आस्था राख्नेहरुको लागि महत्वपुर्ण स्थल जस्तैे गुम्बा , बुढानिलकण्ठ मन्दिर त्यस्तै बागमती नदिको मुहान बागद्धार शिवपुरी निकुञ्ज , काठमांडौ शहर देखिने प्राकृतिक मनमोहक स्थलहरु रहेकाले यसको महत्व बढ्दै गएको  छ । बिशेष त प्रकाृतिक सुन्दरताले भरीपुर्ण बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वरमा पर्ने तारेभीर ,शिवपुरी राष्टिय निकुञ्ज , बागद्धार लगायतका ठाउमा पदयात्राको गन्तब्य बनाउन प्राकृतिक रुपमा रहेको कच्ची बाटो नै छोडीदिने कि सडक बनाउने भन्ने बिषयमा बहस भैरहेको सभासद थापाले बताए । बुढानिलकण्ठ मन्दिरलाई विश्वसम्पदा सुचीमा सुचीकृत गर्न पनि लागिपर्ने उनको भनाई छ । जयराम थापासंग गरीएको कुराकानीको भिडियो यो लिंकामा छ

Destroy Cockroaches with Ease || 𝐋𝐚𝐚𝐥 𝐇𝐢𝐭 (youtube.com)

राजेन्द्र श्रेष्ठ अध्यक्ष बुढानिलकण्ठ नगरपालिका २
बुस्टीङ बुढानिलकण्ठ नगरपालिका पद यात्रा पत्रकारसंग अभियानमा बुढानिलकण्ठ नगरपालिका २ का अध्यक्ष
राजेन्द्र श्रेष्ठले ऐतिहांसीक महत्व बोकेको बुढानिलकण्ठ नगरपालिाका थुप्रै स्थानहरुको सशक्त रुपमा प्रचारप्रसार गर्न बांकी रहेको बताए । पत्रकारहरुलाई ऐतिहांसिक महत्वका स्थलहरुको जानकारी दिंदै अर्को बर्षदेखि बागद्धार मेला आयोजना गर्ने योजना रहेको बताए । तामाङ बस्तीको समेत बाहुल्यता रहेको बुढानिलकण्ठ नगरपालिकामा रहेका रितिरिवाज संस्कृति सबै बिषयको अध्ययन गरी प्रचारप्रसारमा ल्याउन सबैले पहल गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

बागमती प्रदेश, काठमाडौँ जिल्लामा पर्ने बुढा को आधारमा नेपाल भरीको दोश्रो ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लासँग जोडिएको तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३,४,६,७ र टोखा नगरपालिकाको वडा नम्बर ४ धापासी रहेको छ । त्यस्तै पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ भने पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ सँग जोडिएको छ । काठमाडौँ उपत्यकाका थुप्रै धार्मिक स्थलहरूमध्ये बुढानीलकण्ठ नगरपालिका पनि महत्वपूर्ण मानिन्छ । उत्तरी भागमा शिवपुरीका फेदीमा रहेको यो स्थल शैव, वैष्णव, र बौद्ध धर्मालम्वीको आस्थाको क्षेत्र हो । आवासीय क्षेत्र धेरै रहेको यस नगरपालिकाको उत्तरतर्फ शिवपुरी पर्वत श्रृङ्खला लगायत हरियाली जङ्गल रहेको यस नगरपालिकामा भिरालो भूभाग पनि रहेको छ भने दक्षिणतर्फ समथर भूभाग रहेको र अधिकांश भूभाग बाक्लो बस्तीले ढाकेको छ । यस क्षेत्रबाट विष्णुमती, रूद्रमती, धोबीखोला, यज्ञमती, च्यानेखोला जस्ता नदीखोलाहरू बगेर गएका छन् ।
नगरपालिकाभित्र प्रसिद्ध बुढानीलकण्ठ मन्दिर चण्डेश्वर मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, वंगलामुखी जस्ता देवदेवीका मन्दिरहरू रहेका छन् । बौद्धमार्गीहरूका चर्चित सार्वजनिक गुम्बा श्री डाङ्यूर झयाङ्गतेरा दाग्र्यालिङ गुम्बा, आनी गुम्बालगायत बौद्ध मठहरू रहेका छन् । त्यस्तै, विभिन्न धर्मालम्बीहरूका आस्थाका केन्द्रहरूसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय