नेपाल एशोशियसन अफ् राफ्टिङ एजेन्सीज नाराले द ग्रेट कर्णाली क्वेष्ट कम्पीटीसन गर्ने भनेर पटकपटक मिति सार्दै आएको छ । सुदुर पश्चिम कर्णालीको बिकास र प्रबद्र्धनको लागि भन्दै गरीन लागेको संसारकै लामो राफ्टिङ रेस गराएर संसारभरी नेपाललाई चिनाउने उदेश्यले गर्नलागेको इभेन्ट बजेटका कारण रोकीएको बताइएको छ । पहिलोपटक नोभेम्बरमा कार्यक्रम गर्न भनेर तयारी भैसक्दा बिभिन्न दर्जन बढी देशबाट कार्यक्रममा आउन टिकट काटीसकेको ,होटल सबै बुक भैसकेको तर पर्यटन बोर्डबाट जाने बजेट कार्यबधि नबनेकाले निकाल्न गाहे भएकोले कर्णाली प्रदेशमानै बजेट पठाएर गर्ने भने मार्चमा गर्ने निर्णय भए पनि फेरि कार्यक्रम रोकीयो । ३
करोड बजेटमा सम्पन्न गर्ने भनिएको द ग्रेट कर्णाली क्वेष्ट कम्पीटीसन मा भाग लिन मार्चमा पनि बिभिन्न देशबाट टिकट होटल बुकीड सबै भैसकेको थियो तर लज्जास्पद तरिकाले बजेटकै अभाव भैसकेपछि अहिलेपनि रोकीयो नाराका अध्यक्ष शिव अधिकारीले भने ,नेपालमा पर्यटन प्रबद्र्धन गर्न र वल्र्ड रेकर्डनै राख्ने गरी हामीले कर्णाली र नेपाललाई चिनाउन खोज्यौ तर सरकारले वास्तै गरेन । अझै पनि सबैतिबाट जसरीपनि द ग्रेट कर्णाली क्वेष्ट गर्ने भनेर लागीरहेका छौ पटक पटक नेपालकै बेज्जत हुनेगरी रोकीएको छ ,बिदेशीहरुको टिकट होटल बुकीड समय सबै खेर गैरहेको छ धेरै गाहे छ अधिकारीको गुनासो छ ।
पर्यटन बोर्डमा राजनीति धेरै हुदा र अपनत्वनै कसैले लिन नखोज्दा समस्या भएको अधिकारीको भनाई छ । कर्णाली नदी संसारकै टप फाइभमा परेको नदी हो भने चिसापानीबाट राघवसम्म २४८ किलोमिटरको दुरीमा रहेको कर्णाली नदिको प्रचारको लागि र नेपालमा जल पर्यटनको लागि महत्वपुर्ण भमिका द कर्णाली क्वेष्ट इभेन्टले खेल्ने भएपनि अब कहिले कार्यक्रम हुन्छ अनिश्चित छ ।


