‘एभरेष्ट ट्रेकर्स फ्यूल’ नामक ब्राण्डमा नेपालमा पहिलोपटक पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि अब तयारी प्याकिङ गरिएको खाद्य पदार्थ बजारमा ल्याइएको छ ।
बजारमा ल्याइएको खाद्य पदार्थ हाल तीन किसिमका रहेकामा एक वर्र्षिभत्र दाल, भातसहित २० वटा खाद्यान्नलाई प्याकेटमा ल्याइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अमेरिकी प्रविधिमा तयार गरिएका ती खाद्य पदार्थमा रहेको ९९ प्रतिशत पानीको मात्रा हटाई माइनस ४० डिग्री तापक्रममा प्याकेजिङ गरिने भएकाले १५ वर्षसम्म पनि खान सकिने पर्यटन व्यवसायी एवं सो खाद्य वस्तुका प्रवद्र्धक सिर्जन सिंखडाले बताउनुभयो ।
पर्यटन क्षेत्रमा मात्र नभई सुरक्षाकर्मी, उद्धारकर्मी र अन्य सर्वसाधारणका लागि पनि सहजरुपमा लैजान र तयार गर्न सकिने भएकाले यस खालका खाद्य पदार्थको प्रवद्र्धन गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य दिपक महतले खाद्य पदार्थमा रहेको पानीको मात्रा हटाइएकाले बोक्न सजिलो हुने हुँदा पर्वतारोहण तथा पदयात्राका लागि निकै सजिलो हुने दाबी गर्नुभयो ।
प्याकेजिङ गरिएको खाद्यवस्तु १० गुणा बढी हल्का हुनुको साथै प्रोटिनयुक्त हुने, कुनै रसायन नराखिएको र स्वादयुक्त भएकाले उच्च पर्वतीय क्षेत्रका लागि उपयोगी हुने उहाँको भनाइ छ ।
कार्यक्रममा ग्रेटे हिमालयन ट्रेल एड्भेन्चरका प्रबद्र्धक से ब्याक्लीले यो खाना बनाउने मिसिन निर्माण गर्नको लागि ३ देखि साढे ३ बर्ष लाग्ने बताए । त्यसैगरी नेपाल योग एसोसिएसनका उपाध्यक्ष कुमार थापाले यो हिमाली क्षेत्रको लागि समय सापेक्ष खाना भएको बताउँदै यसको प्रबद्र्धनको लागि सबै लागि पर्नु पर्ने बताए ।
सो कार्यक्रममा राष्ट्रिय पर्यटन पत्रकार संघ ९नाटोज०का केन्द्रीय अध्यक्ष शिव अधिकारी ९अविरल०, वरिष्ठ पर्यटन व्यवसायी गणेश सिंखडा, टुर्गानका पूर्व अध्यक्ष विष्णु ज्ञवाली, डोमेस्टिक टुरिजम मार्ट ९डीटीएम०का संयोजक माधव प्रकाश सुवेदीलगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।



