
थाईल्यान्डमा हुने इन्टरनेसनल हर्टी एक्स्पोको अवसरमा दुई देश बिचको ब्यवसायिक बिकास बिस्तार गर्न ११ जना नर्सरी व्यवसायीहरु बुधबार थाइल्यान्ड प्रस्थान गरेका छ्न ।
नर्सरी व्यवसायी प्रबिन्द्र महर्जनको सयोजकत्त्वमा थाइल्यान्ड जाने नर्सरी व्यवसायीहरुले थाइल्यान्डको च्याङमाईमा हुने हर्टी एक्स्पो को अवलोकन साथै हर्टिकल्चर सेक्टरमा नेपाली नर्सरी व्यवसायीहरुले अपनाउनु पर्ने प्रविधिको बारेमा छलफल हुने बताइएको छ ।

सयोजक महर्जनका अनुसार त्यहाका बायोटेक कम्पनीका उत्पादन केन्द्रका बोटनिकल गार्डेन ,नर्सरीजन्य बस्तुको बजारको अवलोकन गर्ने कार्यक्रम रहेको छ । नर्सरी व्यसायीहरुको थाइल्यान्डको १० दिने भ्रमण एजिए एग्रो च्याङमाई थाइल्यान्डको निमन्त्रणामा नर्सरी व्यवसायी सघ नेपाल ,वैदेशिक सम्बन्ध बिभागको सयोजनमा भएको हो ।
नर्सरी व्यसायको बिस्तारको लागि व्यवसायीहरु थाइल्यान्डमा
२०८२ माघ २३, बिहीबार ०१:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2026: Sunkeshari मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Webbank Nepal


