ताप्लेजुङ बुधबार हेलिकप्टर दुर्घटनामा परी व्यावसायी आङछिरिङ शेर्पा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको मृत्यु भयो।
शेर्पाको परिवारमा भएको यो तेस्रो दुर्घटना हो।
२०५५ सालमा आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पा रेस्क्यू गर्न जाँदा सोलुखुम्बुको बासा भन्ने ठाउँमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयो।
उनकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भयो।
लाक्पा सोनाम, आङछिरिङ र टेण्डी शेर्पा तीन दाजुभाइ मध्ये दुईजना हेलिकप्टर दुर्घटनामै मृत्यु हुनु दुःखत भएको छ ।
३५ वर्ष अघिदेखि भरिया बनेर पर्यटन मजदुरको रुपमा काम थालेका शेर्पाको परिवार दुर्घटनाको शिकार बनेको हो।
शेर्पा परिवार भरिया पेशा बाट ट्रेकिङ व्यवसाय सुरु गरेर होटल, एयरल्यान्स, हेलिकप्टर र दर्जनौं कम्पनी स्थापना गरी देशको अर्थतन्त्रमा सहयोग पुर्याउदै आएका थिए। सफल व्यावसायीको रुपमा परिचित शेर्पाले नेपाल सरकारले उत्कृष्ट राजश्व बुझाए बापत पोजेरो गाडी समेत उपहार पाएका थिए।
शेर्पा परिवार सोलुखुम्बुको जुभिङ गाविस–८ ९हाल खुम्बु पासाङ ल्हामु गाउँपालिका० पाङगोमका स्थानीय हुन्। दिदी आङदामी शेर्पाले सञ्चालन गरेको ‘शेर्पा सोसाइटी ट्रेक’ बाट पर्यटन क्षेत्रमा सम्लग्न भएका आङछिरिङ शेर्पा पछिल्लो समय २०४० साल देखि थामसेर्कु ट्रेकिङ कम्पनी स्थापना गरी निरन्तर काम गर्दै आएका थिए।
धरानका चन्दा राईसँग वैवाहिक सम्बन्ध गाँसेका आङछिरिङको पासाङ र नुर्वु गरी दुई छोरा छन्। दुवै जना छोरा पाइलट हुन्।
तर पछिल्लो समय जहाज उडाउन भने छाडेका छन्।


