‘नेपालकै पहिलो, सुपरम्यान जिप लाइन फ्लायर, साहसिक खेल  धुलिखेलमा

२०७५ फाल्गुन ८, बुधबार १३:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

धुलिखेलमा साहसिक खेल ‘सुपरम्यान जिप लाइन’ सुरु हुने भएको छ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई साहसिक खेल९एडभेन्चर स्पोर्टस्०को मनोरन्जन दिने उद्देश्यले धुलिखेल–८, थाक्लेमा वल्र्डवाइड एड्भेन्चर प्रालिले ‘धुलिखेल जिप लाइन’ निर्माण गरेको हो।

‘नेपालकै पहिलो सुपरम्यान जिप लाइनरफ्लायरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। धुलिखेल आउने साथै अरनिको राजमार्ग भइ यात्रा गर्ने आन्तरिक तथा बाह्य दुबै खाले पर्यटकलाई यो साहसिक खेलबाट मनोरन्जन मिल्नेछ,’ कम्पनीका अध्यक्ष केदारबहादुर थापाले भने।

नेपाल हिमालय सीमापार वाणिज्य संघका कोषाध्यक्षसमेत रहेका  कम्पनीका अध्यक्ष केदारबहादुर थापासहितको समूहले सो जिप लाइन सञ्चालनमा ल्याउन लागेको हो। , धुलिखेललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन समेत मद्दत  गर्ने उनको भनाई छ ।

धुलिखेल–८, थाक्लेडाँडाको ‘लञ्च प्याड’देखि पाँचखाल–५, खावामा रहेको ‘ल्यान्डिङ स्टेसन’ सम्म करीब ११ सय मीटर लम्बाइको जिप लाइन रहेको छ। जिप लाइन समुद्रसतहदेखि १३ सय मीटर उचाइबाट सुरु भएर ‘भर्टिकल ड्रप’ दुई सय ४० फीट हुँदै १२ सय मीटरको उचाईमा सम्पन्न हुने कम्पनीले जनाएको छ।

जिप लाइन चढ्ने व्यक्तिको तौलअनुसार बढीमा १ मिनेट २० सेकण्डसम्ममा दूरी पार  हुनेछ।

यसमा ६० किलोमीटर प्रति घण्टादेखि अधिकतम ९५ किलोमीटरको गति निर्धारण गरिएको छ। दैनिक ६० जनालाई जिप लाइनको सेवा दिने गरी डिजाइन गरिएको हो ।

‘धुलिखेल जिप लाइन’ पर्यटन विभागबाट स्वीकृति प्राप्त नेपालकै दोस्रो जिप लाइन सेवा भएपनि ‘सुपरम्यान जिप लाइन’का रुपमा सेवा दिने नेपालको पहिलो कम्पनी भएको कम्पनीले दाबी गरेको छ। अष्ट्रिया र भारतीय प्रविधिमा आधारित रहेर जिप लाइन निर्माण भइरहेकोले सुरक्षाको सवालमा ढुक्क रहन थापाले आग्रह गरे, ‘हामीले युरोपियन सुरक्षा मापदण्ड र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित रहेर जिप लाइन बनाएका हौं। यहाँ काम गरिरहेको कम्पनीले भारतमा दर्जनौ र इण्डोनेशिया तथा श्रीलंकामा समेत यस्तै जिप लाइनहरु बनाइरहेको छ। धेरै उचाइबाट डोरीमा यात्रा गर्नु पर्ने भएकाले सुरक्षा र प्रविधिलाई पहिलो प्राथमिकतामा राखेका हौं,’ कम्पनीका अध्यक्ष केदारबहादुर थापाले भने।

कम्पनीले निर्माण कार्यसँगै सेफ्टी ९सुरक्षा०को प्रत्याभूतिका लागि धेरै पटक ‘टेष्ट फ्लाइ’ गराइसकेको छ, ‘।

कम्पनीले १३ वर्षभन्दा माथिका व्यक्तिलाईमात्रै जिप लाइनको सेवा दिने भएकाले बालबालिकालक्षित गरी खावास्थित ‘ल्यान्डिङ स्टेसन’ परिसरको करीब ७० रोपनी क्षेत्रफलमा ‘चिल्ड्रेन एडभेन्चर क्याम्प’ बनाउने भएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय