भिटोफमा ध्रुव सिंखडा अध्यक्षमा निर्वाचित वासु पण्डे ३९ मतले पराजित

२०७५ श्रावण १६, बुधबार ०८:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ग्रामीण पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) को २२ औँ साधारणसभाले ध्रुव सिंखडाको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

दुई प्यानलबीच भएको चुनावी प्रतिस्पर्धाको मंगलबार राति सम्पन्न मतगणनामा नेकपा निकटका वासु पण्डेलार्इ ३५ मतले पराजित गर्दै नेकपा निकटकै सिंखडा विजयी बनेका हुन ।

धादिङमा जन्मिएका सिंखडा लामो समयदेखि पर्यटन व्यवसायमा क्रियाशिल रहेका छन । उनले यसअघि भिटोफको प्रथम उपाध्यक्षको जिम्मेवारीमा समेत रहीसकेका थिए ।

यस्तै प्रथम उपाध्यक्षमा दीपक दाहाल र द्धितिय उपाध्यक्षमा गोपाल थापा विजयी भएका छन । उनीहरू दुबै पाण्डे समूहका उम्मेदवार हुन । महासचिवमा सिंखडा प्यानलबाट उम्मेदवार बनेकी कांग्रेस निकट व्यवसायी जस्फा पाण्डे नेकपा निकटका दीपक खनाललार्इ ३ मतले पराजित गर्दै विजयी भएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय