
धनुषा १ मा रास्वपाका प्रत्यक्ष उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो ।
उनीमाथि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप लागेको थियो । आरोपको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोग स्रोतले जनाएको छ ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।


