जोखीम र करीयरमा सेफ पेशा,अष्टे«लीयामा २ लाख डलर बढी कमाई – प्रेम सापकोटा

२०८२ फाल्गुन २०, बुधबार ०६:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

कुनै बेला सेफ पेशालाई भान्सेको रुपमा हल्का लिने गरीन्थ्यो तर अहिले सेफ पेशा हरेक मान्छेको जिउने साससंग जोडीएको सम्मानीत र संबेदनशिल पेशाको रुपमा लिने गरीन्छ । हाल अष्टे«लीयामा रहनु भएका गैरआवसीय नेपाली प्रेम सापकोटा ३७ बर्ष देखि सेफ पेशामा आबद्द रहेर देश तथा बिदेशमा अनुभव बटुलीसकेका टे«नर तथा बिशेषज्ञ हुन । उनै प्रेम सापकोटासंग सेफ पेशाको सेरोफेरोमा गरीएको कुराकानी :

प्रेम सापकोटाको सेफ करियरको शुरुवात :
नेपालको गुल्मीमा जन्मीएका प्रेम सापकोटा संस्कृत पढ्नका् लागि इन्डीया पुगेका थिए ,उनको सोच बाहुनको छोरा पण्डीत, बिद्धवान बन्ने थियो त जीन्दगी मोडीयो जब उनका हङकङमा भएका दाजु स्वर्गीय दुर्गाप्रसाद सापकोटाले आफु हरिद्धारमा पढ्दा पढ्दै बोलाए तब प्रेम सापकोटाले करियर र अवसरको खोजीमा रहेका बेला यो समय उतै जानुपर्छ भनेर हङकङ पुगे ।
हङकङ पुगेपछि त्यंहिको रेष्टुरेन्ट होटलमा काम सिक्दै टे«नीङ लिंदा कामको शुरुवात गरे र काम गर्दा गर्दै कम्पनीबाटै अष्टे«लीयामा काम गर्ने अवसर प्राप्त गरेपछि उनि अष्टे«लीयातिर लागे र बिगत ३७ बर्षदेखि सेफ पेशामा आबद्ध छन् सापकोटा ।

हाल उनि प्राय सबै देशका रेसीपी र फुड मेनुबारे जानकार छन् । अष्टे«लीयामा रेष्टुरेन्ट ब्यवसाय देखि गैरआवसीय नेपालीसंघको बिभिन्न समयमा बिभिन्न जिम्मेवारीमा समेत उनले आफ्नो भुमिका निर्वाह गरेका छन । आफै तालिम दिएर उत्पादन गरेका हज्जारौ बिद्यार्थीहरु समेत सेफ पेशामा रोजगार भएकोमा सेफ सापकोटा गर्व गर्छन । अष्टे«लीयामा पनि प्रेम सापकोटाले सेफ तालिम प्रदान गर्ने सिडनी सिटी कलेज लगायतका कलेजहरुमा प्राध्यापन समेत गराउदै आएका छन् भने ,नेपालमा मैतीदेबीस्थित प्यासीफीक क्लुनरी कलेजमा समेत आबद्ध छन् । झन्डै ४ हजार जनाको पार्टी समेत ह्यान्डल गरेका सापकोटा भन्छन् यत्रो बर्षसम्म करोडौलाई आफ्नै हातले बनाएर खुवाइसके होला तर केही कम्पलेन छैन ।

सेफ प्रेम सापकोटाको नजरमा सेफ पेशा र रोजगारको बाटो :

सेफ पेशा मानिसहरुले सजिलो ठान्छन् तर गलत हो । सेफ पेशा मानिसको शरीर स्वस्थ राख्ने पेशा हो ,जब हामी खान खांदैनौ त हामी बाच्न सक्दैनौ त्यसैले खानामा अलिकति मात्रै मिस्टेक भयो भने ज्यानै जोखीममा हुन्छ । सेतो कोट लगाउने पेशा सम्बेदनशिल पेशा हो जस्तै डक्टरले औषधीमा सानो लापरवाही गर्दा मान्छेको ज्यानै जोखीममा हुन्छ , पाइलटले कलिकति मिस्टेक गर्दा त्यस्तै हुन्छ भने सेफ ले त खानामा अलिकति मात्रै मिस्टेक गरे एकैपटक धेरै मानीसहरुको स्वास्थ्यको जोखिम हुन्छ । अहिले त प्राय बाहिरनै खाने चलन पनि बढेको छ त्यसैले सेफ पेशा झन जिम्मेवारीपुर्ण बन्दै गएको छ ।

खाना पकाउदैमा टे«नीङ लिएर मात्र मात्रै सेफ भैईदैन :

मेरो ३७ बर्ष देखिको अनुभवले खाना बनाउदैमा र तालीम लिंदैमा पर्फेक्ट सेफ बनिदैन । सबैभन्दा पहिला ब्यवहारीक ज्ञान लिन जरुर छ थिओरी भन्दा । रेसीपी फुड सेफटीको बारेमा जानकार हुनुपर्छ । अहिलेको डिजिटल युगमा संसारभरका खानाहरुको बारेमा जानकारी राख्नुपर्छ यदि पर्फेक्ट सेफ बन्ने हो भने । देश अनुसारको फुड मेनु रेसीपी ,किचेनको स्टाइल,खानाको लागि चाहिने तापक्रम ,हाइजीन बारे ज्ञान राख्न जरुर छ ।
त्यस्तै सेफले बिशेष गरी आफ्ले ह्यान्डल गर्ने रेष्टुरेन्ट ,होटल पार्टी या कुनैपनि इभेन्टमा कस्तो फुड रेसीपीको डिमान्ड छ र कसरी म्यानेज गर्ने भन्ने कुरामा ध्यान दिनु पर्छ । सेफ डक्टर पनि बन्नु पर्छ ,कहिलेकाही फुड एलर्जी हुनसक्छ फुड पोइजन हुनसक्छ त्यसो भएमा के गर्ने ज्ञान हुनु पर्छ ।
अहिलेको डिजीटल एजमा हरेक देशका फुड रेसीपीहरुको फ्लेभर टेस्ट गर्न चाहने पारखीहरु हुन्छन् त्यही अनुसार आफु पर्फेक्ट हुन पर्छ । कुनैपनि सेफले आफु कुन क्षेत्रमा या कुन देशमा छु त्यहांको रहनसहन ,उत्पादन संस्कृति हेरेर नयां नयां रेसीपीहरुको क्रियसन गर्न समेत जान्नुपर्छ ।

अस्ट्रेलियामा सेफको कम्तिमा ७६ हजार डलर कमाई :

अस्ट्रेलियाका ९० प्रतिशत होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा नेपाली सेफहरु कार्यरत छन् । सेफको क्याटगोरी अनुसार अस्ट्रेलियामा कमाई राम्रो छ । क्याटगोरी अनुसार मिनिमम ७६ हजार ५ सय डलर बार्षिक आम्दानी हुन्छ एकजना सेफको भने बढीमा डेड्लाख देखि २ लाख डलर माथी सम्म सेफले बार्षिक आम्दानी गर्छ ।
अस्ट्रेलियामा नेपाली सेफका्े इमेज राम्रो छ नेपालीहरु इमान्दार हुन्छन भनेर मन पराउछन । सेफ करीयरको लागि अत्यन्तै राम्रो पेशा हो तर धेरै मेहनत गर्नुपर्छ । पछिल्लो समय लहैलहैको भरमा बिदेश जाने सेफ काम गर्ने पैसा टन्न कमाउने भन्ने भ्रम छ तर धेरै मेहनत गर्नुपर्छ । अहिले त तालीम लिन सजिलो छ , कलेजहरु उत्तिकै छन् ,इन्स्टीच्ेयुट उत्तिकै छन् तर दक्ष जनशक्ति बनाउदै गएमा धेरै राम्रा् हुन्छ ।

प्रेम सापकोटासंग गरीएको कुराकानीको भीडीयो । :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय