भिटोफ नेपाल को निर्वाचनमा ध्रुव सिंखडाको समुह र घोषणापत्र सार्वजनिक

२०७५ श्रावण १४, सोमबार १६:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ नेपाल) को आगामी श्रावण १५ गते हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी ध्रुव सिंखडाको नेतृत्वले आफ्नो समुह र घोषणापत्र सार्वजनिक गरेको छ ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सार्थक बनाउन ग्रामिण पर्यटनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले घरबास पर्यटनमा स्थानीय परिकार, कला र संस्कृतिलाई महत्व दिदै जैविक उत्पादनप्रति उत्प्रेरणा जगाउने उल्लेख गरेका छन् । ग्रामिण पर्यटनलाई जैविक कृषि पर्यटनको रुपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिंखडा समूहको दावी रहेको छ ।

नेपाल पर्यटन बोर्ड लगायत अन्य पर्यटन सरोकारवाला निकायहरुसँगको सहकार्यमा प्रत्येक वर्ष निजामति र व्यवसायीक प्रतिष्ठानका कर्मचारीहरुलाई ‘‘आन्तरिक पर्यटन विकास विदा” दिलाउन सरकारसँग पहल गर्ने उक्त समूहको योजना छ ।

सिंखडा समुहमा भिटोफ नेपालका निम्न पदाधिकारी सदस्यहरु रहेका छन् :
अध्यक्ष :
 ध्रुव सिंखडा
प्रथम उपाध्यक्ष : कृष्ण बहादुर सुवेदी (कुस)
द्वितीय उपाध्यक्ष : तारालाल धरेल
महासचिव : जस्फा पाण्डे
सचिव : नवराज थापा
कोषाध्यक्ष : कुलप्रसाद केसी (केपी)
सहकोषाध्यक्ष : उमेश दनै

सदस्यहरु
केदारमणि खनाल
राममणि रिजाल
शान्तकुरमा वानियाँ
सन्तोष थापामगर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय