प्वाईन्ट मिडिया प्रालिले आगामी २ भदौमा आयोजना गर्न गईरहेको ‘मिस टुरिजम–२०१८’ कालागि देशभर आवेदन खुल्ला गरिएको छ । प्वाईन्ट मिडियाले बुधवार एक पत्रकार सम्मेलन गरि मिस टुरिजमकालागि आवेदन खुल्ला गरिएको जानकारी दिएको हो ।
कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि,पर्यटन क्षेत्रमा नयाँ अवसरहरु सिर्जना गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।
‘मिस टुरिजम–२०१८’ का लागि १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आगामी १२ साउनसम्म आवेदन दिन पाउने छन । आवेदन दिने मिति सकिएपछि अडिसनवाट छानिएका प्रतिस्पर्धिहरु मध्येवाट उत्कृष्ठ २०,१० र ५ हुँदै आगामी २ भदौमा काठमाडौंमा आयोजना हुने फाईनल राउण्डले मिस टुरिजम–२०१८, मिस टुरिजम फस्ट रनरअप, मिस टुरिजम सेकेण्ड रनर अपका साथै अन्य उत्कृष्ठ प्रतिस्पर्धिहरु छनोट गर्ने सो मिडिलाले जनाएको छ ।

मिस टुरिजम–२०१८ हुनेलाई नगद ५० हजार रुपैयाँ, मिस टुरिजम फस्ट रनर अप–लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनरअपलाई नगद २० हजार नगद रुपैयाँ प्रदान गरिने छ ।
त्यसका साथै विभिन्न संस्था र कम्पनीका ब्राण्ड एम्बेसडर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरु प्रदान गरिने प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक काफ्लेले बताए ।
मिस टुरिजम–२०१८ को आवेदन खुल्ला गरिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दिपक महतले आयोजनाको तीन वर्षमै मिस टुरिजमले चर्चा बटुलेको भन्दै नेपाल पर्यटन वोर्डका विदेशमा हुने ट्राभल फेयरहरुमा मिस टुरिजमका विजेतालाई सहभागी गराउन आवश्यक रहेको बताए ।
नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले मिस टुरिजमलाई नयाँ पर्यटन प्रोडक्टको रुपमा विकास गर्न आवश्यक रहेको वताए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले मिस टुरिजमले छोटो समयमा नै राम्रो चर्चा बटुल्न सफल भएकोले नेपाल पर्यटन वोर्ड,निजी क्षेत्र र आयोजक समेतको सहकार्यमा यसलाई अझ प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरमा लैजान आवश्यक रहेको वताए ।
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव सागर पाण्डेले मिस टुरिजमलाई पर्यटन क्षेत्रमा दक्ष जनशक्ति निर्माण र पूर्ति गर्ने दिशामा प्रभावकारी वनाउन सके पर्यटन क्षेत्रलाई सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया, नेपालमा नौला पर्यटनका परिकल्पनाकार विक्रम पाण्डे, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) का बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी लगायतले मिस टुरिजम–२०१८ को सफलताको कामना गर्दै यसले नेपालको पर्यटन प्रवद्र्धनमा पु-याएको योगदानको चर्चा गरेका थिए ।
प्वाईन्ट मिडियाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१८’ को आयोजना गर्न लागेको जनाएको छ ।


