पर्यटन ब्यवसायमा स्वस्थ प्रतिस्पर्धा गर्न प्रदेश मन्त्रीको आग्रह २५ करोड बजेट रसुवा नुवाकोटमा

२०८२ भाद्र ७, शनिबार ०८:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बाग्मती प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र पर्यटन मन्त्री सुरेश श्रेष्ठले पर्यटन ब्यवसायीहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न सुझाएका छन् । बाग्मती प्रदेशको नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठलाई शुक्रबार सांझ रसुवा र नुवाकोटका पर्यटन ब्यवसायीहरुले राखेको बधाई तथा शुभकामना दिने कार्यक्रममा मन्त्रीद्धयले रसुवा र नुवाकोटको पर्यटकीय बिकासको लागि सक्दो पहल गर्ने बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले पर्यटन भनेको दृश्य बेच्ने क्षेत्र भएकाले स्वस्थ प्रतिस्पर्धा गरे लगानीको वाताबरण सजिलै उपलब्ध हुने बताए । रसुवा र नुवाकोटमा रहेका ६५ वटा गन्तब्यहरुलाई ब्यवस्थीत गर्न सहकार्य गरी अगाडि बढ्ने मन्त्री तामाङले प्रतिबद्धता जनाए । त्यस्तै अर्का नवनियुक्त पर्यटन मन्त्री सुरेश श्रेष्ठले रसुवा नुवाकोटको पर्यटकीय विकासको लागि सबै खालको सहयोग गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा बाग्मती प्रदेश सचिव दिपेन्द्र सुबेदीले रसुवा र नुवाकोटलाई मात्रै केन्द्रित गरी पर्यटन क्षेत्रको बिकासको लागि २० देखि २५ करोड बजेट लगानी गर्न लागेको जानकारी गराए । कार्यक्रममा रसुवा—नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले रसुवा नुवाकोटको पर्यटकीय गन्तब्य ब्यस्थापनको लागि सक्दो पहल गर्न आग्रह गरे ।

कार्यक्रममा कालिका गाउँपालिका ,रसुवाका अध्यक्ष हरि कृष्ण देवकोटा ,,तादी गाउँपालिका अध्यक्ष खरानीटार नुवाकोटका सन्तमान तामाङ लगायत रसुवा नुवकोट क्षेत्रका पर्यटन ब्यवसायी तथा बिभिन्न संघसंस्थाका पदाधिकारी तथा ब्यक्तित्वको उपस्थिति रहेको थियो ,

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय