एनएमएमा कुल गुरुङको उम्मेदवारी घोषणा

२०८२ श्रावण १०, शुक्रबार ०७:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपाल पर्वतारोहण संघ ९एनएमए०को अध्यक्ष पदका लागि कुलबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले शुक्रबार गुरुङ नेतृत्वमा चुनावमा जाने औपचारिक घोषणा गरेको हो । नेपालको पर्यटन क्षेत्रको हक हित र योगदानको लागि लागि आफ्नो उम्मेदवारी रहेको गुरुङको भनाई छ ।

गुरुङले एनएमएको महासचिवको रुपमा एक कार्यकाल ब्यतित गरीसकेका छन् । अब केहि दिनमै सबै टिमको घोषणा गर्ने कार्यक्रममा जानकारी गराइयो ।एनएमएले आगामी २०८२ साल भदौं ७ अर्थात २३ अगष्ट २०२५ मा साधारण सभासँगै नयाँ नेतृत्वका लागि निर्वाचन मिति तय गरेको छ । एनएमएको निर्वाचनमा बिभिन्न दलगत निकट बिभिन्न ब्यवसायीहरुको आकांक्षा देखिंएको छ ।
फोटो फिचर

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय