पर्यटक सवारी चालक प्रक्षिण शुरु ,पर्यटक बढेनन् -जोशी

२०८२ असार ११, बुधबार १८:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पर्यटक सवारी चालक तथा सहचालक दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बुधबारबाट शुरु काठमांडौको गैरीधारामा शुरु भएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डले आयोजना गरेको पर्यटन सवारी चालक प्रशिक्षण कार्यक्रममा पर्यटक सवारीका चालक तथा सहचालक गरी ९२ जनाको सहभागिता रहेको नेपाल पर्यटक यातायात व्यवसायी संघले बताएको छ ।

कार्यक्रमको उद्घाटनमा पुगेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीइ ओ दीपकराज जोशीले पुर्वाधार निर्माण नहुंदा लगानी बढे पनि बिदेशी पर्यटकहरु नबढेको बताए । जोशीले सडक लगायतका पूर्वाधार निर्माण तथा विस्तार भैइरहेकाले अगामी बर्षहरुमा पर्यटकहरु बढ्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बास्तोलाले प्रशिक्षण कार्यक्रमले चालक र सहचालकलाई सक्रिय, दक्ष र सुरक्षाका उपाय अपनाउनेबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक राजीव विष्टले ‘सवारी चालक र सहचालक जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा सहयोग पुग्कने बताउंदै चालकहरुले ट्राफिकका लागि नभई आफ्ना लागि नियम पालना गर्नुपर्ने बताए ।
दुई दिनसम्म सञ्चालन हुने सवारी प्रशिक्षण कार्यक्रमले पर्यटक चालक तथा सहचालकहरुको लागि ब्यवहारीक तथा सैद्धान्तीक ज्ञान दिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय