लाङटाङ ट्रेकिङ रुटमा जब घोडातबेला पुगिन्छ तब याक चौरीहरु चरीरहेको दृश्य देखिन्छ । चौरीको छुर्पी चौरी गाईको चर्चा गित तथा साहित्यमा धेरै हुने गर्छ । तर पछिल्लो समय हिमाली भेगमा पाइने चौरी गोठ राख्ने र चौरी पाल्नेहरु कम हुन थालेका छन । पछिल्लो समय होटल ब्यवसायमा बढी केन्द्रीत हुदा चौरी पाल्न छोडेको क्यान्जिङ कि स्थानीय खान्द्रु तामाङ बताउंछिन ।


लाङटाङ क्यन्जिङ ट्रेकिङ गर्दा जगलमा छाडिएका याक नाग हरु धेरै भेटिन्छन । यिनिहरुलाई 72 सालको भुकम्प पछि हेरचाह गर्ने कोइ नभएपछि जगलतिर लागेका हुन । यी याक तथा याकको पोथी नाक जगलमा आफ्नै तरिकाले चर्छ्न कसैले हेरचाह गर्दैन । अबको केही बर्ष पछि हिमाली क्षेत्रमा पाइने चौरी याकहरु समेत लोप हुने अवस्थामा छ्न ।
भिडियो


