पर्यटकीय लाङटाङ क्यन्जिङ गोम्पा बस्ती लोप हुने डर

२०८२ असार ४, बुधबार २०:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हिमालको बस्तिमा पुग्दा जो कोइ लाई आनन्द लाग्छ । तर हिमाली बस्ती जति सुन्दर छ ती बस्ती हरुमा आधारभुत आवश्यकता सम्म छैन । नेपालकै तेश्रो पर्यटकिय गन्तव्य स्थल रसुवाको गोसाइँकुण्ड गाउँपालिका मा पर्ने लाङटाङ ,क्यन्जिङ गोम्पा जहाँ लाखौं पर्यटकहरु पुग्ने गर्छन ,तर त्यहाँका बासिन्दाको लागि उपचार गर्न न अस्पताल छ न पढ्नको लागि बिद्यालय नै । दुई दिन लगाएर स्य्फ्रुबेसीदेखी खच्चर तथा घोडा र भरियालाई भारी बोकाएर , सामान पुर्याएर उनिहरुले पर्यटकहरुलाई खान बस्नको सुबिधा दिन्छन ।


आपत्तै परे हेलिकप्टर प्रयोग गर्छन । त्येसो ट्रेकिङ रुट भएकाले उनिहरु सडकको चाहना भने गर्दैनन बरु राम्रो स्कुल र अस्पताल भैदिए हुन्थ्यो भन्ने चाहना छ स्थानीयहरुको । आफ्ना बच्चा पड्ने उमेर भएपछि कि त काठमाडौको होस्टल कि त स्यफ्रुबेसी तिर पुर्याउन बाध्य छ्न । पैसा हुनेले सजिलै पढाउछन ,नहुनेले अहिलेको समयमा पनि पढ्न बाट बञ्चित हुनु पर्छ ।


त्यसो त अबको केही दशक पछि गाउँनै खाली होलाकी भन्ने अर्को डर । पर्यटकिय गाउँ त हो तर नया पुस्ता सबै काठमान्डौ पढ्ने , काठमाडौ बाटै बिदेस जाने बसोबास उतै गर्ने बिकट गाउँमा दुख गर्न नचाहने हुनाले क्यन्जिङमा अब बस्ती नै पो खाली हुने हो कि भन्ने डर स्थानीयमा छ । अहि ४० माथि उमेर समुहका वृद्द बृद्दा हरुले होटल चलाई रहेका छ्न ,युवा पुस्ता कम छन र काम गर्न बाहिरबाट आउछन । स्थानीय कर्मा  तामाङ भन्छन हामी पनि यो बिषयमा चिन्तित छौ।


हिमालीभेगमा बस्ने महिलाहरु होटल ब्वसायमा ब्यस्त छ्न कहिले यार्सा टिप्न जान्छन , गाउँमा पर्यटकहरु आउदा खुसी हुन्छन र सेवा दिन्छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय