सुन्दर बस्ती क्यन्जिङ गोम्पा आफ्टर अर्थ्के वि वान्ना सी लाङटाङ भन्दै लाङटाङ बाट ३ घन्टा हिडेपछी पुगिने क्यन्जिङ गोम्पा पुग्नेहरुको भिड पछिल्लो समय बढेको छ । नेपालको पर्यटकिय गन्तव्य मध्री तेश्रो गब्तब्यमा पर्ने रसुवाको लाङटाङ क्यन्जिङ गोम्पामा ,चारैतिर हिमाल ,हिमालको काखमा लगभग ४० घर जसमध्य २५ वटा ब्यवसायिक होटल छन ।
२०७२ सालको भुकम्पले क्षेत बिक्षेत बनाएको बस्तीमा हाल पुनर्संरचना भएर एस्तो बस्ती बनेको छ । ३८ सय ५० मिटर हाइटमा रहेको यो सुन्दर बस्ती क्यन्जिङ गोम्पा रसुवा जिल्लाको पुर्बी भेगको अन्तिम गाउँ हो जुन गोसाइँकुण्ड नगरपालिकामा पर्छ । रसुवाको स्याफ्रुबेशी बाट हिडाइको गती अनुसार १७ देखि २० घन्टा अर्थात दुई दिनमा पुग्ने गर्छन स्वदेशी तथा बिदेशी पर्यटकहरु ।

पछिल्लो समय नेपाली पर्यटकहरु धेरै पुग्ने गर्छन क्यन्जिङ गोम्पा पुगेर हिमालको अवलोकन गर्न । स्यफ्रुबेसीबाट उकालो लागेपछि पहिरो बम्बु , रिमचे ,लामाटोल , रिभर्साइड ,उड्ल्यान्ड , घोडातबेला , थाङ्सेप , गुम्बा डाडा ,लाङटाङ , मुन्दुप सिन्दुपमा ,लाङटाङ हुँदै क्यान्जिङ गोम्पाको रमाइलो बस्तिमा पुगिन्छ । कतै उकालो कतै ओरालो , तेर्सो बाटो पहाडको खोच, खोलानाला जङल प्राकृतिक फूल बिरुवाहरु नियाल्दै क्यम्जिङ गोम्पा पुगिन्छ । क्यन्जिङ गोम्पा सम्म पुग्दा पहाड हिमाल , खच्चड र घोडाले सामान ओसारपसार गरेको , जङ्गलमा याक चौरी चर्दै गरेको रमाइलो दृश्यहरु देखिन्छ ।

क्यन्जिङ गोम्पाको बिशेषता भनेको , हिमालको अवलोकन नजिकबाट गर्नु र आनन्द लिनु हो । क्यन्जिङ गोम्पाबाट दोर्जे हिमाल , कालो याला सेतो यालापिक , गन्जला ,लाङ्सिसा, क्यान्जिङरी ,लाङटाङ लिरुङ , लगायत हिमालको अवलोकन प्रत्यक्ष गर्न सकिन्छ ,र धेरै मानिसहरू शान्तिको लागि डाडमा गयेर योगा ध्यान समेत गर्छन ।
भिडियो


