पर्यटन विकासको लागि क्यान्जीङ गोम्पामा लाङटाङ ट्रेल रन

२०८२ असार ४, बुधबार १९:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

चारैतिर हिमालले ढाकेको हिमालको काखमा रहेको सानो बस्ती रसुवा जिल्लको पुर्बी अन्तिम गाउँ क्यन्जिङ बस्तिमा जेठ २४ गते अर्थात जुन ७ मा लाङटाङ ट्रेल रन २०२५ को आयोजना गरिएको थियो । बागमती प्रदेश सस्कृती तथा पर्यटन मन्त्रालय ,रसुवा नुवाकोट पर्यटन समाज ,नेपाल पर्यटन बोर्ड र लाङटाङ र क्यान्जिङ गोम्पाका स्थानीय सगै गोसाइँकुण्ड गाउँपालीकाको सहयोगमा पहिलोपटक लाङटाङ ट्रेल रन २०२५को आयोजना गरिएको थियो ,। सधै पर्यटकहरु मात्र पुग्ने ठाउँमा सय बढी धावकहरु पुगेर क्यन्जिङ गोम्पा एक्प्लोर गर्दा स्थानीयहरु दंग थिए ।


लाङटाङ ट्रेल रन २०२५ को उद्घाटन गर्न पर्यटन सचिब दिपेन्द्र सुवेदी सहित बाग्मती प्रदेश सस्कृती तथा पर्यटन मन्त्री बिमल ठकुरी लाङटाङ क्यन्जिङ गोम्पामा हेलिकप्टर लिएर पुगे मन्त्रीको स्वागतमा स्थानियहरुले सास्कृतिक भेष भुषा र नाचगान सहित स्वागत गरे र मन्त्री ठकुरीले क्यन्जिङ गोम्पामा पहिलोपटक गरिएको ट्रेल रनले पर्यटन प्रबर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै शुभकामना दिए ।

आफू प्रथम हुने होडमा क्यान्जिङ गोम्पाको मनोरम बाताबरणमा ग्राउन्डमा वार्मअप गरिरहेका देशी बिदेशी खेलाडीहरु उत्साहित थिए ,पर्यटन प्रबर्दन र खेल पर्यटनलाई सहयोग पुग्ने खेलाडीहरुको भनाई थियो । जब खेलाडीहरुले आफ्नो दुरी पार गर्ने समय भयो तब माहोल झनै रोचक देखिन्थ्यो । क्यान्जिङ गोम्पा बाट स्याफ्रुबेसी सम्म ३२ किलोमीटरको दुरि पार गर्न खेलाडीहरु कस्सिए ।


यस अघि अघि विभिन्न म्याराथुनमा भाग लिसकेका र अन्तरास्ट्रिय स्तरमा समेत सहभागी भै बिजेता बनेका खेलाडीहरु लाङटाङ ट्रेलरनमा सहभागी थिए ।अन्ततः पुरुषतर्फ २२ बर्षे मिलन कुलुङ राईले ३२ किलोमिटरको दुरी २ घन्टा २६ मिनेट र महिलातर्फ सुन्सरी रोकायाले २ घन्टा ५५ मिनेटमा पार गरि प्रथम स्थान हासिल गरे। पाचौ स्थान सम्मका बिजेतालाई नगद पुरस्कार तथा सम्मान रसुवाको स्याफ्रुबेसीमा एक कार्यक्रम गरी प्रदान गरिएको थियो ।


नेपाल पर्यटकहरुको लागि सधै खुल्ला छ पर्यटकिय सिजन सधै हुन्छ र स्पोर्ट्स टुरिज्म प्रमोसनको लागि लाङटाङ ट्रेल रन को आयोजना गरेको रसुवा नुवाकोट पर्यटन समाजका सदस्य गगनराज न्यौपानेले बताए । आफ्नो गाउँ प्रमोसनको लागि ट्रेल रनले भुमिका खेल्ने स्थानिय पासाङ तामाङले बताए ।
पहिलोपटक आफ्नो पहलमा गरिएको लाङटाङ ट्रेल रन सफल भएकोमा रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले खुशी ब्यक्त गरे ।स्याफ्रुबेसी बाट उकालो लागिसकेपछी पहिरो खोला पहाडका खोच पार गर्दै क्यान्जिङ गोम्पा पुगिन्छ ।
यसपटक गरिएको लाङटाङ ट्रेलरनले स्थानीय र पर्यटन प्रबर्द्धन गर्न सहयोग पुगेकाले हरेक बर्ष येस्ता कार्यक्रमको आयोजना गर्ने आयोजकले बताएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय