बु.न.पा. १ मा धार्मिक पर्यटनको विकासमा जोड -सुरेन्द्र लामा

२०८२ असार ४, बुधबार १९:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

जेठ ३१ गते शनिबार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ कार्यलयले स्थानियहरुलाई अहिलेसम्म भएका गतिविधिको बारेमा जानकारी गराउन पदयात्रा कार्यक्रम आयोजना गर्यो। पदयात्रा सगै धार्मिक एव सास्कृतिक सम्पदा र पर्यटकिय गन्तब्यको पहिचान र प्रचारको लागि गरिएको कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागिता थियो ।

वडा अध्यक्ष सुरेन्द्र लामाले स्थानीयहरुलाई टोलको बिकास र गतिविधि बारे जानकारी गराउन पर्यटकिय क्षेत्र आफ्नै ओडाको पद यात्रा तथा अवलोकन भ्रमणको कार्यक्रम गरेको बताए । स्थानिय सहित ,बुद्धिजीवी नागरिक शुभेच्छुक पत्रकार सहित २ सय बढी पदयात्रामा सहभागी भएका थिए । वडा अध्यक्ष लामाले आफू जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि आफ्नो वडामा सबैभन्दा धेरै काम गरेको दाबी गर्दै अझै काम गर्न बाकी रहेको बताए । आफ्नो घोषणा पत्र अनुसारनै काम भएको अध्यक्ष लामाको भनाई छ ।

बुढानिलकण्ठ नगरपालिकामा विभिन्न धार्मिक क्षेत्रहरूहरु छन जस्को प्रबर्द्धन गर्न सबै लाग्नु पर्ने स्थानीयहरुको भनाई छ ।
त्यसो त बुढानिलकण्ठ नगरपालिकामा योगा ध्यान तथा महिला शसक्तिकरणलाई बढावा दिनु पर्ने स्थानिय महिलाहरुको माग रहेको छ ।पर्यटकिय गन्तव्य भएकाले होम्स्टे होटल लगाएतका सरचनाहरुको बिकासमा जोड दिने वडा अध्यक्ष सुरेन्द्र लामा बताउछन ।

पर्यटकिय गान्तब्य र स्थानीयस्तरको बिकासका गतिविधिको बारेमा जानकारी गराउन गरिएको पदयात्रा सफल भएको ब्यव्स्थापक तथा पत्रकार सन्तोस लुइँटेलले बताए । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ धार्मिक हिसाबले मह्वत्वपुर्ण क्षेत्र हो । धार्मिक हिसाबले महत्त्वपूर्ण बुढानिलकण्ठ नगरपालिका १ मा पर्ने बुढ्निल्कन्ठ नारायण मन्दिरको दर्शन गर्न सधैभरी आन्तरिक तथा बाह्यय पर्यटकहरुको भिड लागिनै रहन्छ त्यसो त गुम्बा , खप्तड समाधी शिबपुरी रास्टृय निकुम्ज अन्तर्गत पर्ने हाइकिङ क्षेत्र लगाएत हरेक हिसाबले बुढानिलकण्ठ वडा नम्बर १ परिचित र चर्चित छ ।


बुढानिलकण्ठ नगरपालिका नै पर्यटकिय गन्तव्य भएकाले धार्मिक र सर्ट ट्रेकिङको लागि काठमाडौ सहरको पदूषण बाट फ्रेस हुन धेरैले पछिल्लो समय बुढानिलकण्ठ क्षेत्र नै रोज्छन। बुढानिलकण्ठको आ आफ्नो कार्यक्षेत्रको बिकासको लागि जनप्रतिनिधिहरु लागि परेका छन ।
भिडियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय