लाङटाङ ट्रेल रन २०२५ मा क्यान्जिङ देखि स्याफ्रुबेशी सम्म ३२ किलोमिटरको दुरी २ घन्टा २६ मिनेटमा पार गर्दै सोलुखुम्बुका २२ बर्षिय मिलन कुलुङ राईले प्रथम स्थान हासिल गरे भने दोश्रो स्थान पाच थरका २१ बर्षिय विशाल राईले १ मिनेटको फरकमा २ घन्टा २६ मिनेटमा पार गरि दोश्रो भए । निकै अनुभवी र विभिन्न गेमहरुमा बिजेता बनिसकेका प्रतिस्पर्धी धावकहरुलाई पछि पार्दै मिलन र बिशालले प्रथम र दोस्रो स्थान हासिल गरे । नगद १ लाख प्रथम मिलन र ७० हजार दोश्रो स्थान हासिल गर्ने बिशालले प्राप्त गरे ।
त्यसो त यी दुई बिगत १ बर्ष देखि साथी बनेका थिए एस्तै दौड प्रतियोगितामा भेट हुदा । दौड जितेर ट्रफी उचाल्दा जति खुशी देखिन्छन उति पीडा र सङघर्ष यी दुईको जिन्दगीमा मिल्दोजुल्दो छ । प्रथम हुने मिलन कुलुङ राई २२ बर्ष भए उनी सोलुखुम्बुका हुन गएको बर्ष देखि उनले ट्रेकिङ पोर्टर को रुपमा काम गर्न थालेका छन । उनको बाबा आमा दुवै छैनन , आमा त कस्तो हुन्हुथ्यो था नै भएन बुबा चाहिँ बिरामी भएर बित्नु भो मिलन राइले भने एक जना दाइ मात्र हुन्हुन्छ ।


उनले यस अघि पनि म्याराथनमा भाग लिएकाले लाङटाङ ट्रेल रन २०२५ मा पनि भाग लिन साथीहरू बाट था पाएपछि आइपुगे । दौडिनु पर्छ गतिलो जुत्ता त चाहियो तर उनिसग गत बर्ष किनेको एक्जोर जुत्ता त्यो पनि फाटेको ,जसरी नि भाग लिनुनै छ उनलाई ,त्यसैले मिलनले साथीसग जुत्ता मागेर लाङटाङ ट्रेल रनमा भाग लिए र प्रथम भए । उनी भन्छन “चिउरा खाएर दौडेको थिए सपना जस्तै लागिरहेको छ ।”

दोश्रो हुने बिशालको नी कथा उस्तै छ उनी पनि पाचथर फिदिम नगरपालिका १४ का स्थानिय हुन , घरमै बसेर खेति किसानी गर्छन ,रेडियो टिभि अनलाइन तिर कहाँ कार्यक्रम भैराको हुन्छ हेर्छन गाउँका साथीहरू र दाइ दिदिहरुबाट कार्यक्रमको बारेमा जानकारी लिन्छन । यसपटक लाङटाङ ट्रेल रन २०२५ मा भाग लिन उनी साथीकै जुत्ता मागेर आएका थिए ।

बिशालले भने “दौडन त अलि राम्रो जुत्ता चाइयो भनेर साथीको जुत्ता मागेर आको जुत्ता च्यातियो अब साथिलाई अलि अलि पैसा दिन पर्छ ।” २१ बर्षका विशाल भन्छन “जुत्ता छैन भन्न त लाज लाग्छ तर फिनिसिङ पोइन्ट्मा आइपुग्दा दाइहरुले च्यात्तिएको जुत्ताकै फोटो खिच्दिनु भयो लाज लागिराछ । “त्यसो त उनिहरु कसैको नजरमा परेका थिएनन , न पत्रकारको नजरमा र क्यामेरामा बर सम्भावित अरु नै हुन भनेर अरुको क्लिप्सहरु क्याप्चर भैरहेको थियो ।

उनिहरुले अनुभवी धावकहरुलाई कसरी पछाडी पारे भन्ने प्रसगमा विशाल भन्छन माथी माथी अरु दाइहरु धेरै अगाडि हुनुहुन्थ्यो तेर्सो बाटो तिर पछि हामी अगाडि भयौ । मिलन र बिशाललाई फाटेको जुत्ताले दिएको खुशी जत्ती छ उत्ति नै जिन्दगी कठिन छ । अबको बाटो के भन्नेमा अलमल छन , उनिहरुले आर्थिक अभावकै कारण पढ्न पनि सकेनन ,तर आफ्नो क्षमता बाट पर्यटन प्रबर्द्धन गर्न भने लागि परेका छन ।
एक घन्टाको हाइकिङ जानकै लागि पनि सुटेटबुटेड ट्रमउजर जुत्ता स्टाइलिश चश्मा डाइट फुड पानी ब्याग लिएर हिड्न सक्ने बर्गमा पर्दैनन मिलन बिशाल , यि उदाहरण मात्र हुन यस्ता धैरै युवाहरु छन् । शायद कसैको सहयोग पाए उनिहरु सक्षम पक्कै बन्नेछन् ।
जेठ २४ गते बाग्मती प्रदेश सरकार सस्कृती तथा पर्यटन मन्त्रालय ,रसुवा नुवाकोट पर्यटन समाज र गोसाइँकुण्ड गाउँपालीका र स्थानीयहरुको सहकार्यमा स्पोर्ट्स टुरिज्म्म प्रमोसन र लाङटाङ क्यान्जिङ प्रमोसनको लागि पहिलोपटक लाङटाङ ट्रेल रन आयोजना गरिएको थियो । जहाँ १ सय १ जनाले रजिस्टर गरेका थिए दौडमा भाग लिन भने ६८ जना क्यान्जिङ स्टार्टिङ पोइन्ट बाट प्रतिस्पर्धामा उत्रिएका थिए ।


