एक्टनको अध्यक्षमा बिमल सर्वसम्मत

२०८१ चैत्र १९, बुधबार ०९:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एशोसियसन अफ् कैलाश टुर अपरेटर्स नेपाल एक्टनले दुई बर्षको लागि सर्वसम्मत नयां कार्यसमिति चयन गरेको छ । बिमल नहर्कीको अध्यक्षतामा  आइतबार नौ सदस्यीय कार्यसमिति चयन गरीएको हो ।
प्रथम उपाध्यक्ष कृष्ण प्रसाद ढकाल ,द्धितिय उपाध्यक्ष रमेशप्रसाद ओझा, महासचिव प्रदिप पण्डीत ,सचिव गोपाल थापा , कोषाध्यक्ष भुवन बहादुर खड्का र सदस्यहरु बसन्त बराल, गौतम बज्राचार्य र थुप्देन शेर्पा रहेका छन् । कैलाश मानसरोवरमा नेपालबाट पर्यटक पुर्याउनका लागि नेपाल सरकार ,बिभिन्न संघसंस्था लगायत चाइनिज राजदुतावाससंग समन्वय गरी एक्टन तदारुकताका साथ अगाडि बढ्ने नवनिर्वाचित सचिव गोपाल थापाले बताए ।

नेपालबाट कैलाश मानोसरोवर जाने पर्यटकहरुलाई बढावा दिने कार्यलाई प्राथमिकतामा राखेर संघले काम गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय