सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाको दशैं मिक्स हुन्छ किनभने उनको पारिवारिक माहोल नै त्यस्तै छ । आफै पनि शेर्पा समुदायको फेरि बिदेशी श्रीमान आफु पर्यटन क्षेत्रमा । यि कुराहरुलाई सहजरुपमा लिंदै माया शेर्पा दशैंको बारेमा भन्छीन :
मलाई अत्यन्तै रमाइलो लाग्छ हामी नेपालीहरुको बिभिन्न चाड हुन्छ हरेक चाड पर्वमा रमाउनुपर्छ । मेरो कुरा गर्ने हो भने पहिला त धेरै बर्ष दशैं तिहारमा घरमानै हुदैनथे जहीले टेकीड गैरहनुपर्ने अनि त्यतैतिर गाउघरमा दशैंमा राखीने पीड चंगा देखेर पर्यटकहरु पनि रमाइलो मान्थे । अहिले आफ्नै परिवारसंग बसेर रमाइलो गर्छु मिक्स कल्चर झन धेरै रमाइलो हुन्छ । बुद्धीष्ट भएकाले दंशै मानाइदैन तर साथीहरु धेरै भएकाले साथीभाइहरुको घरमा जाने रमाईलो गर्ने गर्छु । यसपाली चांही चोभारमा आएर चंगा उडाइयो सानोमा पैसा हुदैनथ्यो अभिभावकहरुलाई पैसा मागी मागी चंगा किनेर बनाएर चंग खेलीन्थ्यो ।


